आदर्शकोतवाल गाउँपालिकाद्वारा पैतालिश करोड त्रिपन्न हजार उनन्साठी रुपैयाको बजेट सार्वजनिक

राजेश कुशवाहा
455 पाठक संख्या

कलैया : बाराको आर्दशकोतवाल गाउँपालिकाले आर्थिक बर्ष २०८२/२०८३ को लागि ४५ करोड ५३ हजार ५९ रुपैयाँ बराबरको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको सभाहलमा मंगलबार आयोजित १४ औ गाउँ सभामा उक्त रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो। उक्त सभामा आदर्शकोतवाल गाउँपालिकाकी उपाध्यक्ष मिरा देवीको तर्फ बाट गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।

जसमा नेपाल सरकारको समानिकरण अनुदान रु ९ करोड ७६ लाख,सशर्त अनुदान रु १९ करोड ८६ लाख,सशर्त अनुदान चालु रु १४ करोड ८५ लाख,शसर्त अनुदान पुँजीगत रु ५ करोड एक लाख,बिशेष अनुदान रु एक करोड ५१ लाख,समपुरक अनुदान रु २ करोड ८३ लाख रहेको छ।

प्रदेश सरकारको समानिकरण अनुदान रु ६६ लाख ८४ हजार,समपुरक अनुदान रु २५ लाख,विशेष अनुदान चालु रु २५ लाख,सवारी साधन कर तथा राजस्व बाँडफाँड रु ५१ लाख ६६ हजार १० रुपैया,आन्तरिक श्रोत रु ५० लाख रहेको छ।

गाउँपालिका अध्यक्ष साहको अध्यक्षतामा अध्यक्षतामा भएको सभामा वडा नम्बर १ का वडा अध्यक्ष सुनिल कुशवाहा,२ का वडा अध्यक्ष मनोजकुमार मेहता, ३ का सुरेश कुमार प्रियदर्शी यादव,४ का शेष जवाहिर,५ का रुपेश नारायण सिंह, ६ का राजु गुप्ता,७ का जनक ठाकुर लोहार,८ का हरीनारायण प्रसाद कुशवाहा,कार्यपालिका सदस्यहरु गुञ्जेश्वरीप्रसाद साह कानु,नरेश राम,प्रमिलाकुमारी चौधरी,रामपति देवी,बचनी देवी,सकली देवी,समाजसेवी हरेन्द्र प्रसाद यादव,वडा सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो।

सभाको सञ्चालन वडा सचिव रामएकबाल यादव एवम् स्वागत प्रमुख प्रशासकीय अधिकृत बिजय कुमार चौरसियाको रहेको थियो।

Leave a review

This will close in 0 seconds