मधेसको कृषि उत्पादनले देशलाई आवश्यक खाध्यानको माग पूरा गर्छ : कृषि मन्त्री क्षेत्री

संदिप प्रसाद यादव
343 पाठक संख्या

कलैया : मधेसको कृषि उत्पादनले देशलाई आवश्यक खाध्यानको माग पूरा गर्न सक्ने गरि काम भैरहेको मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन क्षेत्रीले बताएका छन्।

बाराको कोल्हवी नगरपालिका वडा नम्बर ४ सपहीमा कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाको आयोजना साना किसान कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेश अन्नको भण्डार हो,अहिले उत्पादन पर्याप्त छैन, तर सरकार लागेपछि आत्मनिर्भर बन्न सकिने मन्त्री क्षेत्रीले बताएका छन् । मधेस प्रदेशमा कृषि आत्मनिर्भर बनाउँदै देशभरिका खाद्य आवश्यकतासमेत यहीँबाट पूरा गर्ने सरकारको लक्ष्य रहेको उनको भनाई छ ।

उनले हाल संघ सरकारले खरिद गर्ने मलको ३५ प्रतिशत मधेस प्रदेशमा आउने गरेको भन्दै यसको प्रतिशत बढाइदिन संघ सरकारका कृषि मन्त्री संग कुरा भैरहेको बताए बारा जिल्लालाई बिउ उत्पादनको केन्द्र बनाइने समेत बताए ।

मधेस प्रदेशमै पहिलो पल्ट महिला कृषि स्वयसेविका परिचालन कार्यालय ल्याएको मन्त्री क्षेत्रीले जानकारी गराए ।

यसैगरी आईतवार नैे बीउ गोदाम तथा बीउ प्रशोधन प्लान्टको मन्त्री क्षेत्रीले रिबन काटी उद्घाटन गर्नु भएको हो । बीउ आत्मनिर्भर कार्यक्रमबाट ७० लाख रुपैयाँको गोदाम र ५० लाख रुपैयाँको मेसिनरीसहित मधेश सरकारको ५० प्रतिशत अनुदानमा उक्त प्लान्ट निर्माण भएको थियो ।

त्यस्तै कार्यक्रममा कृषि मन्त्रालयका सचिव डा. उमेश दाहालले बारा प्रदेशकै सबैभन्दा बढी धान उत्पादन गर्ने जिल्ला भएकोले विशेष प्राथमिकतामा परेको बताए।

कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा कोल्हवी नगरपालिका का नगर प्रमुख राम प्रसाद चौधरी,उप प्रमुख लक्ष्मी कुमारी चौधरी,कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साह,साना किसान कृषि संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी,साना किसानका सदस्य,सञ्चारकर्मी तथा कृषकहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review

This will close in 0 seconds