प्रयोगशाला परिक्षण गर्दा हैजाको जीवाणु पानीमा नभेटिएको पुष्टी

साझेदारी दैनिक
447 पाठक संख्या

वीरगञ्ज :पर्साको वीरगञ्जमा केही दिनदेखी फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण खानेपानीमा नभेटिएको पुष्टी भएको छ ।

वीरगञ्जमा वितरीत नेपाल खानेपानी संस्थान र डीप बोरिङको पानीबाट हैजाको संक्रमण नफलिएको परिक्षणले पुष्टि भएको गरेको छ ।

जनकपुर स्थित खानेपानी मन्त्रालय अन्तर्गतको पानी गुणस्तर परीक्षण प्रयोगशाला गरेको परिक्षणको सोमबार साँझ रिपोर्ट आएसंगै पानीमा सङ्क्रमण नदेखिएको जनाईएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ र १३ हैजा प्रभावित क्षेत्रका खानेपानीहरुको सङ्कलन गरि परिक्षण गरिएको हो । यो क्षेत्रमा संङ्क्रमण फैलाउने इकोलिफर्म र फिकल कोलिफर्म जीवाणु नभेटिएको प्रयोगशालाका असिस्टेन्ट केमिस्ट मनोजकुमार अधिकारीले बताएका छन ।

प्रयोगशालाको टोलीले शनिवार १२ स्थानको पानीको नमुना सङ्कलन गरि जनकपुर र काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । जनकपुरको प्रयोगशालाले पानीमा कुनै जीवाणु नभेटिएको पुष्टि गरेको छ भने काठमाडौँको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds