पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लँगडी का दुई जना दिदी बहिनीहरुको आफन्त छैन ।
आफन्त नहुदा उनीहरु समस्यामा परेका छन् ।लँगडीका आठ बर्षिय मनिषा कुमारी र उनकी दिदी १० वर्षीय प्रियंका समस्यामा परेकी हुन् ।सानै उमेरमा रोजगारीको शिलसिलामा दुबै जनाको बुवाको मृत्यु भएको थियो ।
उनीहरुको आमा पनि दुबै जनालाई छाडेर गएकी थिईन् ।आमा र बुवा दुबै गुमाएका प्रियंका दिदीबहिनीहरुलाई उनकी हजुरआमा देवन्ती देबीले पालनपोषण गर्दै आएकी थिईन ।
दुबैजना दिदीबहिनीहरुलाई गाउँघरमै काम गरेर पालन पोषण गर्दै आएकी देवन्ती देबीको पनि स्वर्गबास भएको छ । यस पछि १० वर्षकी मनिषाले हजुरआमाको क्रिया गरिरहेकी छन् ।आर्थिक अवस्था निकै कमजोर रहेकोले दुबै दिदीबहिनीहरुलाई सहयोग गर्नुपर्ने आवाज पनि उठेको छ ।
दुबै जना दिदी बहिनीको कोही नभएकोले समाज र सम्बन्धित पालिकाले पनि सहयोग गर्नुपर्ने स्थानीय सञ्चारकर्मी लालबाबु मुखियाले बताए । आफुले यी दुई दिदी बहिनीलाई सहयोग गरिरहेको स्थानीय एवम् सञ्चारकर्मी बाँनियाले बताए।
समाजका सबैले सहयोग गर्नुपर्ने भएकोले अहिले आपूmहरु सहयोग गर्न र गराउनमा लागेको उनले बताए । आफन्तहरु कोही नभएकोले अहिले उनीहरुको हजुर आमाको क्रियाकर्मका साथै दुबै जनाको पालन पोषण जन्मदर्ताको लागि गाउँपालिका अग्रसर हुनुपर्ने समाजिक अभियन्ता प्रकाश थारुले बताए ।
बच्चाहरुको पालन पोषणको लागि आफुले बिभिन्न सामाजिक संस्थामा कुरा गरिसकेको उनले बताए । यसमा गाउँपालिका बढी जिम्मेवार हुनुपर्ने उनको भनाई छ ।जन्मदर्ता भएपछि दुबै दिदीबहिनीको पढाई लेखाई पनि गराउन सकिने उनले जनाए ।
समाजमा ब्यक्तिहरु मिलेर जन्मदर्ताको लागि सयहयोग गर्नुपर्ने थारुको भनाई छ ।बिभिन्न सञ्चार माध्यममा समाचार तथा सामाजिक सञ्जालमा प्रियँका र मनिषा दिदी बहिनीहरुको भिडियो आएपछि दुबै जनालाई सहयोग गर्ने हात समेत अघि बढेको छ ।
अहिले आर्थिक सहयोग समेत पाएको स्थानीय हरेराम ठाकुरले साझेदारी दैनिकलाई जानकारी दिए । समाचार आएपछि गाउँपालिकाले पनि आफनो पहल अघि बढाएको छ । अहिले २५ हजार रकम क्रियाखर्चको लागि पालिकाले उपलव्ध गरााएको छ ।
दुबै जना दिदीबहिनीहरुको जन्मदर्ता बनाईने तथा समाजिक हिसाबले पालिकाले सहयोग गर्ने प्रतिबद्धता धोबिनी गाउँपालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मीले व्यक्त गरे । दुबै दिदीबहिनीहरुको अवस्था एकदमै दुखद रहेकोले यसमा गाउँपालिकाले सक्दो सहयोग गर्ने उनले बताए ।
धोबिनी गाउँपालिकाको लँगडी निवासी दुबै दिदी बहिनी सानो झुपडीमा बस्दै आएका छन ।उनीहरुलाई पालन पोषण गर्ने उनीहरुको हजुरआमाको पनि देहान्त भईसकेको छ ।हालका सहयोगी हातहरु अघि बढेको छ ।
भबिष्यमा पनि आर्थिक र सामाजिक रुपले समस्या नहोस भनेर दुबै बालिकाहरुलाई स्थानीय सरकारको सबै भन्दा बढी खाँचो छ ।जसले दुबैको जन्मदर्ता बनाउनुका साथै उनीहरुको पालन पोषण समेत उचित तरिकाले गर्न सक्छ ।

