कोल्हवीमा जेनजीको प्रदर्शन, नगरपालिका भवन र पार्टी कार्यालयमा तोडफोड

साझेदारी दैनिक
232 पाठक संख्या

कोल्हबी : बिनिता चौधरी/ बाराको कोल्हबीमा जेनजीद्वारा मंगलबार प्रदर्शन गरिएको छ ।

सोमबार काठमाडौमा प्रहरीद्वारा गरिएको दमनको विरुद्धमा कोल्हवीमा पनि प्रदर्शन भएको हो । जेन जि का प्रदर्शनकारिहरुले कोल्हवी १ मा रहेको नेपाली काङ्ग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड गरि कार्यालय भित्र रहेका समानहरुलाई बाहिर निकालेर आगजनी गरेको हो ।

त्यस्तै कोल्हवी नगरपालिकाको भवनको सिसा समेत फुटाएको छ । जेनजीका समर्थकहरुले कोल्हवी १ खैरामा रहेको संघीय सांसद अच्युत मैनालीको घरमा , कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको घरमा र पुर्व खानेपानी मन्त्री उमाकान्त चौधरीको घरमा समेत तोडफोड र आगजनी भएको छ ।

कोल्हवी बजारको मुख्य चौकमा रहेको प्रहरी विटमा क्षति भएको छ । जेनजीका समर्थकहरुले कोल्हवी बजार परिक्रमा गर्दै टायर बालेर सरकार विरुद्ध चर्को नारा लगाउदै प्रदर्शन गरेको थिए ।

उक्त प्रदर्शनमा करिब ४ सय भन्दा बढी समर्थकहरुको उपस्थिति रहेको थियोे । जेनजीको प्रदर्शनको कारण मंगलवार दिनभर कोल्हवी बजार तनावग्रस्त रहेको थियो ।

Leave a review