मुख्यमन्त्री सिंहले पद छाड्न गरे अटेर, पार्टीले सोध्यो स्पष्टीकरण

साझेदारी दैनिक
262 पाठक संख्या

कलैया : नयाँ पुस्ताका युवा (जेनजी)ले गरेको आन्दोलनका बेला सामाजिक सञ्जाल फेसबुकबाट पद छाडेको भन्दै राजिनामा दिएका मधेस प्रदेशका मुख्यमन्त्री सतीसकुमार सिंह पद छाड्न अटेर गरिरहेका छन ।

आन्दोलनका क्रमम नाटकीय रुपमा राजिनामा दिएका मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले पद छाडेर फिर्ता आउन बोलाएपनि उनले अटेर गरेका हुन । जनमत पार्टी मधेस प्रदेश संसदीय दलले सरकारमाथी विश्वास नरहेको भन्दै सरकारको सर्मथन फिर्ता लिने निणर्य गरेसंगै मुख्यमन्त्री सिंहलाई फिर्ता आउन पटक पटक आग्रह गर्दा पनि उनले अटेर गरेका छन ।

पार्टीले मुख्यमन्त्री सिंह सहित सवै मन्त्रीहरुलाई राजीनामा दिएर आउन गरेको निर्देशन दिदा अटेर गरेपछि पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टिकरण सोधेको छ । पार्टीले उनलाई उचित कारणसहित लिखित जवाफ माग गरेको छ ।

स्पष्टीकरणमा तपाईं स्वमं फेसबुक मार्फतबाट राजिनामा दिएकोमा सोको समेत अवहेलना गर्दै तपाईंले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको, उल्टा अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको उल्लेख छ ।

जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरीले दिएको स्पष्टीकरण पत्रमा पार्टीको छविलाई आँच पुयाएकोले जनमत पार्टीको विधानको धारा ३९ (क)को उपधारा १,२,३,४,६,१०,११,१२,१५, साथै राजनैतिक दलसम्बन्धी ऐन २०७३ को धारा १८ तथा सोही ऐनको धारा २८९३० र धारा ३२ (२) बमोजिम तपाईंलाई पार्टीको संसदीय दलकोतर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ३ दिन भित्रमा स्पष्टीकरण पेश गर्न हुन अनुरोध छ’ भन्दै उल्लेख छ ।

Leave a review

This will close in 0 seconds