बाराका ६ वटा पालिकामा हैजाविरुद्ध खोप अभियान आजदेखी सुरु

राजेश कुशवाहा
394 पाठक संख्या

कलैया । बाराको ६ वटा पालिकाहरुमा हैजा रोगको महामारी बिरुद्ध प्रतिकार्य खोप अभियान आज (सोमबार)देखि सुरु भएको छ ।

जिल्ला जनस्वास्थय कार्यालय बाराले आईतवार कलैया स्थित करणराज पार्टी प्यालेसको सभा हलमा आयोजना गरेको हैजा रोगको महामारी बिरुद्ध प्रतिकार्य खोप अभियान २०८२ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो ।

खोप अभियान असोज २७ गते आजदेखि कार्तिक २ गते आईतबारसम्म सञ्चालन गरिने जनाईएको छ । जिल्लाका ६ पालिकाका तीन लाख ६५ हजार ९३१ जनालाई लक्षित गरी खोप अभियान संचालन हुने जिल्ला जनस्वास्थय कार्यालय बाराका जनस्वास्थय अधिकृत कञ्चन नेपालीले जानकारी दिएकी छिन् ।

अधिकृत नेपालीको अनुसार ६ वटा पालिकाहरुमा जीतपुरसिमरा उपमहानगरपालिकाका एक लाख २७ हजार ९५६, कलैया उपमहानगरपालिकाका एक लाख ३६ हजार ४३२,फेटा गाउँपालिकाका २८ हजार ६३ , बिश्रामपुर गाउँपालिकाका २४ हजार ३५७, प्रसौनी गाउँपालिकाका २४ हजार ८२० र परवानीपुर गाउँपालिकाका २४ हजार ३०३ जनालाई खोप लगाईने उनले जानकारी दिईन ।

उनले नेपालमा उपलब्ध इयुभिकोल–एस नामक खोप लगाईने उनले बताईन । यो खोप बिश्व स्वास्थय संगठन बाट गुणस्तरयुक्त प्रमाणित भएको खोप रहेको हो । यो खोप नेपालको नियामक निकाय औषधी ब्यवस्था बिभागमा दर्ता भएको उनले जनाईन । खोप सुरक्षित एवम प्रभावकारी छ र एक बर्ष भन्दा माथिको उमेरका सबै ब्यक्तिहरुलाई दिने उनले बताईन । उनले ६ पालिकाका ७५ वटा वडामा यो अभियान सञ्चालन गर्न लागिएको उनले बताईन । खोप अभियानमा २१० जना खोप कार्यकर्ता, ३७९ जना महिला स्वास्थय स्वयम सेविका र ३७९ जना स्वयम सेवक परिचालन गरिने उनले जानकारी दिईन।

यो अभियानमा नगरपालिका, गाउँपालिका र वडा कार्यालय, सरकारी गैर सरकारी अस्पताल तथा अन्य स्वास्थय संस्था, बिधालय,कलेज तथा अन्य शिक्षण संस्था, सरकारी तथा गैर सरकारी संघ संस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाहय खोप केन्द्र , मन्दिर , मस्जिद, बस पार्क ,नेपाल भारत सिमानाका मुख्य नाका, उधोग ,कारखाना, ईटा भटृा जस्ता अन्य स्थानहरुमा खोप केन्द्र राखिो उनले बताईन । आफुलाई पायक पर्ने स्थानको खोप केन्द्र बाट खोप लिन छुटेमा नजिकैको अर्काे खोप केन्द्रमा गएर यो खोप लिनु पर्छ उनले बताईन ।

हैजा बिरुद्धको खोप खाईसकेपछि पनि हैजाको रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शौचालयमा मात्र दिसा पिसाब गर्ने, साबुन पानीले राम्रो संग हात धुने जस्ता बानी ब्यवहार अनिवार्य रुपमा अपनाउनु पर्ने उनले बताईन । हैजा भिब्रियो कोलेरी प्रजातीका जीवाणु बाट संक्रमण भएर मानिसमा लाग्ने अतिशिघ्र झाडा पखाला गराउने रोग रहेको उनले बताईन ।

हैजा लागेपछि कडा जलबियोजन भएर बिरामीको मृत्यु हुने सम्भावना धैरे हुन्छ । प्रायः हैजाको जिवाणु बाट संक्रमण भएको २४ घण्टा भित्र यो रोगका लक्ष्ण तथा चिन्हहरु देखिन्छ। तर संक्रमण भएको पांच दिन सम्म पनि यो रोगको लक्षण तथा चिन्हहरु देखिन सक्छन। हैजा जिवाणु बाट संक्रमित ब्यक्तिको दिसा बाट यो रोगका जीवाणुहरु वाताबरणमा वाताबरणमा फैलिन्छ र सो दिसा मिसिएको पानी ,खानेकुराको सेवन बाट अरु मानिसहरुमा यो रोग सर्दछ ।

हैजा रोग जुन सुकै उमेरका मानिसहरुलाई लाग्न सक्छ तर बालबालिकामा कडा किसिमका लक्षणहरु छिटै देखा परेर तिनीहरुको मृत्यु हुन सक्छ । हैजा लाग्यो भने चामल धोएको पानी जस्तै धेरै पातलो दिसा हुन्छ ,वाकवाकी लाग्छ ,वान्ता हुन्छ र कडा जल यिबोजन हुन्छ । हैजा भएका १०० जना ब्यक्तिहरु मध्ये २५ जनालाई कडा किसिमका लक्ष्णहरु देखिन्छन र समयमा नै उपचार नभएमा ती बिरामीहरुको केही घण्टामा मृत्यु समेत हुन सक्छ । कडा जलबियोजन भएमा आँखा गाडिनु, मुख ,जिब्रो र घांटी सुख्खा हुन, तिर्खा लाग्नु, थकाई लाग्नु ,आलस्य हुनु, छाला सुख्खा हुनु , पिसाबको रंग पहेलो हुनु, पिसाब कम हुनु वा पिसाब नै नहुनु, चिढिनु वा झर्किनु , रक्तचाप कम हुनु , मुटुको धडकन अनियन्त्रित हुनु कडा जलबियोजनको लक्ष्ण हरु रहेको उनले बताईन ।

जिल्ला जन स्वास्थय कार्यालय बाराका प्रमुख रामनरेश यादवको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चालन सरिता कुमारी यादवको रहेको थियो उक्त कार्यक्रममा जिल्लाका ३० जना सञ्चारकर्मी, बिश्व स्वास्थय संगठनका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

Leave a review