कलैयामा बालमन्दिरको खाली जग्गामा सवारी पार्किङको व्यवस्था

साझेदारी दैनिक
250 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जिल्ला प्रहरी कार्यालय बाराको कार्यालयबाट पश्चिम तिर रहेको बाल मन्दिरको जग्गामा सवारी साधन पार्किङ गर्न पार्किङको व्यावस्था गरेको छ।

कलैया बालमन्दिर स्कुल अगाडी रहेको खाली जग्गालाई सदुपयोग गर्दै कलैया उपमहानगरपालिकाको कार्यालय र अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाको सहकार्यमा तत्काल बाँस र डोरीको प्रयोग गरि उक्त जग्गालाई पार्किङको रुपमा ल्याईएको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख भुलन साहले जानकारी दिएका छन् ।

उक्त पार्किङ निर्माण भएपछि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा अन्य कुनै निकायमा कामले कलैया आउँदा सो जग्गामामा सवारी पार्किङ गर्न उनले आग्रह गरेका छन्।

Leave a review

This will close in 0 seconds