लोटस अन्तरविद्यालय फुटबल प्रतियोगिता : दोस्रो दिन सिमरा पब्लिक, मिसन एकेडेमी र एक्स सर्भिसमेन बिजयी

साझेदारी दैनिक
220 पाठक संख्या

सिमरा : बाराको सिमरामा जारी नवौँ लोटस आधारभूत अन्तरविद्यालय फुटबल प्रतियोगिताको दोस्रो दिन बुधबार सिमरा पब्लिक, मिसन एकेडेमी र एक्स सर्भिसमेन विजयी भएका छन ।

प्रतियोगिता अन्तरग बुधबार तीन वटा खेलमा पहिलो साना किसान विद्यालय सिमरा पब्लिकबीच, दोस्रो खेल स्नो एपेक्स र मिसन एकेडेमी बीच, र तेस्रो खेल एक्स सर्भिसम्यान र होली गार्डेनबीच भएको थियो ।

बुधारको खेलमा पहिलो खेलमा साना किसान विद्यालय विद्यालय र सिमरा पब्लिकबीच प्रतिस्पर्दा हुदा सिमरा पब्बिलक एकाडेमी शुन्यका विरुद्ध २ गोलले विजयी भएको छ । यसैगरी बुधबारकै दोस्रो खेल स्नो एपेक्स र मिसन एकेडेमी बीच प्रतिस्पर्दा हुदा शुन्यका विरद्ध ३ गोलले मिशन एकेडेमी विजयी भएको छ।

यता प्रतियोगिता अन्तरगको दोस्रो दिनको तेस्रो खेल एक्स सर्भिसम्यान र होली गार्डेन एकाडेमी प्रतिस्पर्दा हुदा १ का विरुद्ध २ गोलले एक्स सर्भिसम्यान विजयी भएको आयोजक लोटस् एकाडेमीले जनाएको छ । कार्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिका भित्रका १२ वटा विद्यालयले सहभागिता जनाएका छन्।

Leave a review

This will close in 0 seconds