तारकेश्वरनाथ जिन्नाद बाबाको दुई दिने मेला सुरु

साझेदारी दैनिक
389 पाठक संख्या

कलैया : बाराको प्रसौनी गाउँपालिका वडा नं. ५ प्रष्टोका बेलहियास्थित तारकेश्वरनाथ जिन्नाद बाबाको प्रांगणमा सोमबारदेखि दुई दिने मेला लागेको छ।

निसन्तान दम्पतिलाई सन्तान प्राप्ति हुने आस्थाको रुपमा देश विदेश सम्म यो मेला प्रचलित रहेको छ। सो मेलाको एक समारोहविच बारा क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति एवंम् नेपाली कांग्रेसका नेता लोकेश सिंहले विधि पूर्वक पूजा गरी उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा मन्दिरको पुजेरी धनलाल ठाकुर, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपाल, इलाका प्रहरी कार्यालय गण्डकका राजकिशोर यादव, समाजसेवी वीरेन्द्र शाह, रमेश शाह र बृजकिशोर साह लगायतको उपस्थिति रहेको थियो।

मेलाको मुख्य आकर्षणमा चार पाँच ठाउँमा २४ घण्टे अष्ठजाम लागेको छ। भाकल पुरा भएपछि उनीहरुले अष्ठयाम लगाएका हुन्। मेलामा नेपालका भक्तजनहरु मात्र होइन भारतको बिहार उत्तर प्रदेश लगायतका भक्तजन आएका छन्।

अमेरिकामा बसोबास गर्दै आएका दम्पति रेणुका शाहले बाबाको आशीर्वादले सन्तान प्राप्ति भएका कारण बाबाको मन्दिरमा ८० किलोको घन्टी र मार्बलको गेट पाँच लाखको लागतमा लगाएको एक स्थानीयले जानकारी दिए।

मेलामा विभिन्न किसिमको खेल तमासा र मनोरञ्जनको र बालबालिकाको लागि विभिन्न किसिमको झुलुवाको व्यवस्था राखिएको छ जिन्नाद बाबाको मेलामा आएर बाबासँग दर्शन गरी मागेको भाकल पुरा हुने जन विश्वास रहेको मेला समितिका अध्यक्ष केदार साहले जानकारी दिए।

Leave a review

This will close in 0 seconds