बौधीमाई मन्दिरमा एक दिने मेला सम्पन्न

साझेदारी दैनिक
258 पाठक संख्या

कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वासिरा स्थित बौधीमाई मन्दिरमा शनिबार एक दिने मेला लागेको छ ।

उक्त मेलालाई ईनर्वासिरा, कञ्चन पुर, श्रीपुर, सुराही, उतरझिटकैया, दोहरी , मझौलिया, औधापुर, सखुई, मनहर्वा, बडहर्वा, ब्रहम्पुरी , बनजरिया, सुराही , बेलहिया, प्रस्टोका, कलैया लगायतका स्थानका दर्शकहरुले अवलोकन गरेका छन । मेला बिगत धेरै बर्षदेखि लाग्दै आएको आयोजक मेला समितिले जानकारी दिएका छन ।

उक्त मेलामा भाकल पुरा भएका भक्तजनहरुले बोका, कुखुरा लगायतको बली समेत दिएका छन । मेलामा आउने दर्शकहरुको मनोरञ्जनका लागि बिभिन्न खेल तमाशाको आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ ।

मेलामा आयोजना गरिएको ठोक्कर बाजी नाचमा दर्शकहरु रमाएका थिए। उक्त मेलामा स्थानीय परिकार भुजापकौडा, तथा मासु र रक्सीको अत्याधिक बिक्री भएको थियो ।

Leave a review

This will close in 0 seconds