हुलाकी राजमार्गमा ज्यान जोगाउने सानो साधन : रेफ्लेक्टर

साझेदारी दैनिक
352 पाठक संख्या

काठमाडौं : हुलाकी राजमार्ग आज तराईको जीवनरेखा बनेको छ, तर यही सडक दिनहुँ दुर्घटनाको साक्षी पनि बन्दै गएको छ। बिहान–साँझको घना कुहिरो, रातको अँध्यारो, तीव्र गति र अव्यवस्थित सवारीका कारण यहाँ हरेक दिन ज्यान गुम्ने र अंगभंग हुने घटना दोहोरिइरहेका छन्। यस्तो अवस्थामा दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा सरल तर प्रभावकारी उपाय भनेकै हरेक गाडीमा रेफ्लेक्टरको अनिवार्य प्रयोग हो।

हुलाकी राजमार्ग लामो, सिधा र गाउँ–बस्ती जोड्ने सडक भएकाले ट्रक, बस, ट्र्याक्टर, मोटरसाइकल, ठेला र साइकलबाहक सबै एकैसाथ चल्छन्। तर कुहिरो र कम दृश्यतामा धेरै सवारी “नदेखिने खतरा” बन्छन्। रेफ्लेक्टरले बत्ती परेपछि गाडीलाई टाढैबाट चम्किलो रूपमा देखाइदिन्छ, जसले चालकलाई समयमै सतर्क गराउँछ र ठक्करको सम्भावना धेरै हदसम्म घटाउँछ।

विशेषगरी यो मौसममा रेफ्लेक्टर नहुनु भनेको दुर्घटनालाई निम्तो दिनु जस्तै हो। त्यसैले हुलाकी राजमार्गमा चल्ने सबै प्रकारका सवारीसाधनमा गुणस्तरीय रेफ्लेक्टर अनिवार्य गर्नु अब विकल्प होइन, आवश्यकता बनिसकेको छ। सानो रेफ्लेक्टरले ठूलो दुर्घटना रोक्न सक्छ।आजको सावधानीले भोलिको जीवन बचाउन सक्छ।

लेखक : सामाजिक अभियन्ता सुनिल कुशवाहा

Leave a review

This will close in 0 seconds