यातायात व्यवस्था कार्यालय बाराका ट्रायल प्रमुख पौडेलमाथि मोबिल प्रहार

साझेदारी दैनिक
155 पाठक संख्या

कलैया । यातायात व्यवस्था कार्यालय बाराका कर्मचारी जीवनरमण पौडेलमाथि मोबिल प्रहार गरिएको छ।

बाराको कलैया उपमहानगरपालिका–३ गंगापुरस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत ट्रायल प्रमुख पौडेलमाथि आज कार्यालय परिसरमै अज्ञात व्यक्तिले मोबिल प्रहार गरेको हो। घटनाको कारण भने खुल्न सकेको छैन।

घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले कार्यालय परिसरमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेजका आधारमा संलग्न व्यक्तिको पहिचान गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

Leave a review

This will close in 0 seconds