आमाको नामबाट बारामा दुई जनाले पाए अङ्गीकृत नागरिकता

संदिप प्रसाद यादव
461 पाठक संख्या

कलैया । बारामा आमाको नामबाट दुई जनालाई अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको छ।

अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका -५ निवासी कान्ती देवी कुर्मीका छोरा सुरत राउत र कलैया उपमहानगरपालिका–४ निवासी चन्द कुमारी क्षेत्रीका छोरा सागर सिंह रहेका छन्।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली (चौथो संशोधन), २०६३ बमोजिम उनीहरूलाई आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।

नागरिकता ऐनमा गरिएको संशोधनपछि आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने स्पष्ट कानुनी व्यवस्था भएअनुसार बारामा पहिलोपटक यो प्रक्रिया कार्यान्वयनमा आएको हो।

आमाको नामबाट नागरिकता वितरण सुरु भएसँगै नागरिकताको पहुँचबाट वञ्चित नागरिकहरूलाई सहजता मिल्ने अपेक्षा गरिएको छ।

Leave a review

This will close in 0 seconds