बारा-२ मा रामकिशोर यादवको चुनावी अभियान तीव्र

साझेदारी डेलि
303 पाठक संख्या

कलैया : बारा क्षेत्र नं. २ मा जसपा नेपालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर यादव यतिबेला चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनी शनिबार पनि घरदैलो तथा जनसंवाद कार्यक्रममा व्यस्त रहेका हुन्। उनले क्षेत्रका विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका हुन्।

अभियानका क्रममा मधेसी अधिकार, सामाजिक न्याय, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकता दिने बताएका हुन्। स्थानीय बासिन्दासँगको संवादमा उनले जनताको आवाजलाई संसदसम्म पु-याउने प्रतिबद्धता जनाएका हुन्।

क्षेत्रको समग्र विकासका लागि प्रतिबद्धतापूर्वक काम गर्ने प्रतिज्ञा उनले व्यक्त गरेका हुन्। जसपा नेपालले प्रत्यक्ष तथा उपनिर्वाचनमा गरी तीन पटक विजयी भइसकेको छ। उनले अन्य उम्मेदवारलाई कडा प्रतिस्पर्धा दिने आकलन गरिएको छ।

Leave a review

This will close in 0 seconds