त्रिवेणी स्पाइनिङ फ्याक्ट्रिमा विद्युत सर्ट भई भीषण आगलागी, पाँच दमकलसहित नियन्त्रण प्रयास जारी

साझेदारी डेलि
77 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रिमा आज विद्युत सर्ट भई भीषण आगलागी भएको छ। उक्त फ्याक्ट्रिमा अचानक आगलागी भएको हो।

आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी नायब निरीक्षक तेजनारायण वैठाको कमाण्डमा ६ जना प्रहरी टोलि खटिएको थियो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा ४ जना, तथा औद्योगिक सुरक्षा बेस शशस्त्र प्रहरी बल जितपुरबाट सहायक प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, नेपाल आयल निगम अमलेखगन्ज तथा वीरगन्ज महानगरपालिकाका गरी जम्मा ५ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए। उनका अनुसार थप विवरण आउन बाकी छ ।

साथै स्थानीयवासीको समेत सहयोगमा आगो निभाउने कार्य तीव्र पारिएको छ।

Leave a review

This will close in 0 seconds