रास्वपाको मधेश प्रदेश अधिवेशन सम्बन्धि सम्पुर्ण गतिविधि स्थगित

साझेदारी डेलि
97 पाठक संख्या

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आज अत्यन्त जरुरी सूचना जारी गर्दै पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गरी मधेश प्रदेश अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले अधिवेशनसँग सम्बन्धित सबै गतिविधि स्थगित गरिएको हो।

आयोगका प्रमुख भुवन के.सी.द्वारा जारी सूचनाअनुसार प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिमा यो निर्णय लागू हुनेछ।

केन्द्रीय निर्वाचन आयोगले अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिकाबारे पछि आधिकारिक रूपमा जानकारी गराइने जनाएको छ।

साथै आयोगले नयाँ सूचना जारी नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि गतिविधि सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds