देवाही–गोनाही नगरपालिकाका नगर प्रमुख कानु र वडाध्यक्ष कुर्मी पदमुक्त

साझेदारी डेलि
64 पाठक संख्या

रौतहट । रौतहटको देवाही–गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु र वडा नम्बर ४ का वडाध्यक्ष रामप्रवेश प्रसाद कुर्मी पदमुक्त भएका छन्।

नेकपा (एमाले) परित्याग गरेको जानकारी पार्टीले निर्वाचन आयोगलाई गराएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम आयोगले दुवैको निर्वाचित पद रिक्त गरेको हो।

आयोगका अनुसार एमाले केन्द्रीय सचिवालयले दुवै जनाले पार्टी विधानविपरीत गतिविधि गर्दै दल त्याग गरेको निर्णयसहितको जानकारी पठाएको थियो। सोही आधारमा कानुनी प्रक्रिया पूरा गरी पद रिक्त गरिएको हो।

मेयरको पद रिक्त भएपछि नगरपालिकाको कार्यसम्पादन उपप्रमुखमार्फत सञ्चालन हुने भएको छ। रिक्त पदमा उपनिर्वाचनको मिति भने आयोगले सार्वजनिक गरेको छैन।

Leave a review

This will close in 0 seconds