कलैया । बाराको विश्रामपुर गाउँपालिकालाई बुधबार एक कार्यक्रमविच साक्षर पालिका घोषणा गरिएको छ। गाउँपालिकाका अध्यक्ष जुल्फिकार अलि भुट्टोले गाउँपालिकालाई साक्षर घोषणा गरेका हुन् ।
उनले यसलाई उल्लेखनीय उपलव्धी भएको संज्ञा दिए। उनले साक्षरतालाई दिगोपन दिन अगामी दिनमा सबैको सहयोग र साथ आवश्यक रहेको जनाए। उनले गाउँपालिकाले शिक्षालाई महत्व दिई उच्च प्राथमिकतामा राखेको समेत बताए।
जिल्ला शिक्षा समन्वय समिति बाराका प्रमुख अशोक रौनियारले यस घोषणालाई औपचारिकतामा मात्र सीमित नराख्न आग्रह गर्दै नागरिकहरुले यस्मा सहयोग र साथ दिन आहवान गरे। यसलाई निरन्तरता दिन आग्रह गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीले गाउँपालिका साक्षर घोषणा हुनुमा सबै सरोकारवालाको साथको कारण भएको जनाए।
उक्त कार्यक्रममा गाउँपालिकाका वडाध्यक्ष वार्ड नं १ सन्तोष पटेल, वार्ड नं २ मनोज यादव, वार्ड ३ शिवचन्द्र सबै वडाका वडाध्यक्ष विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी, साथै पालिकाभित्रका शिक्षक,शिक्षिका तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आवश्यक मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको जनाइएको हो।


