बारामा ठगी मुद्दामा अजित कुमार पक्राउ

साझेदारी डेलि
190 पाठक संख्या

बारा । बारामा ठगी मुद्दामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–६ मा बस्ने अजित कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार इलाका प्रहरी कार्यालय सिम्रौनगढमा परेको जाहेरीका आधारमा अजितलाई मंगलबार पक्राउ गरिएको हो ।

उनीमाथि ठगी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको छ । पक्राउ परेका अजितलाई जिल्ला प्रहरी कार्यालय बारामा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले जानकारी दिएका छन् ।

Leave a review