बारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

साझेदारी डेलि
92 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: photo;hw-remosaic: false;touch: (0.5013889, 0.5914179);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 33;

बारा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बारामा बुधबारदेखि सुरु गरिएको छ।जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा सो अभियान शुरु भएको हो।

बाराको सदरमुकाम कलैयास्थित भरत चौकमा विभिन्न महिला अधिकारकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूले अभियान अन्तर्गत दीप प्रज्वलन गरी अभियानको सुरुवात गरेका हुन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक निरुता सिवाकोटीको नेतृत्वमा उक्त कार्यक्रम भएको हो।

‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ यो अभियान सुरु भएको हो। उक्त अभियान मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक निरुता सिवाकोटीले अभियान सफल हुन आवश्यक रहेको बताइन्। उनले बालबालिकालाई विभिन्न प्रकारका हिंसा तथा अपराधबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएकी छन्।

उनले बालबालिकाले आफ्नो शरीरमा अनावश्यक रूपमा कसैलाई छुन दिन नहुने बताइन्। कसैले मन नपर्ने तरिकाले छुन खोजेमा ‘यस्तो नगर्नुहोस्’ वा ‘मलाई मन पर्दैन’ भनेर खुलेर भन्नुपर्ने उनले सुझाव दिइन्।

कसैले जबर्जस्ती गर्न खोजेमा सम्भव भएसम्म भाग्ने, जोडले चिच्याएर अरूको सहयोग माग्ने र आफूलाई सुरक्षित राख्ने उपाय अपनाउनुपर्नेसमेत उनले सुझाव दिइन्।

यौन दुव्र्यवहार भइसकेको अवस्थामा लुकाएर नराखी अभिभावक वा विश्वासिलो जिम्मेवार व्यक्तिलाई जानकारी गराउन भनियो।सकेसम्म साँझको समयमा एक्लै बाहिर नजानुपर्ने र जानैपरे अभिभावकसँग वा समूहमा जानुपर्ने उनले सुझाव दिइन्।

अपरिचित वा विश्वास नभएको व्यक्तिले दिएको चकलेट, जुसलगायत खानेकुरा खान नहुने उनले सुझाव दिइन्। विद्यालयका दैनिक गतिविधिबारे अभिभावक वा विश्वासिलो व्यक्तिलाई जानकारी गराउने तथा घरबाट विद्यालय जाँदा, फर्किँदा, साथीको घरमा जाँदा वा खेल्न जाँदा अभिभावकलाई जानकारी गराउनुपर्ने समेत उनले जानकारी दिइन्।

कुनै समस्या परेमा प्रहरीको निःशुल्क सम्पर्क नम्बर १०० वा १०४ मा फोन गरी जानकारी गराउन सकिने उनले बताइन्। कार्यक्रममा अभिभावकले पनि बालबालिकाको सुरक्षाका लागि विभिन्न कुरामा ध्यान दिनुपर्ने विषयमा उक्त कार्यक्रममा जानकारी गराइएको थियो।

बालबालिकालाई राम्रो छुवाई र नराम्रो छुवाई बारे स्पष्ट बुझाउनुपर्ने जनाइएको थियो। मन नपर्ने व्यवहार भए अस्वीकार गर्न र ‘नाइँ’ भन्न सिकाउनुपर्ने बताइएको थियो।

बालबालिकालाई नकारात्मक असर पर्ने गतिविधिबाट टाढा राख्नुपर्ने सुझाव दिइएको थियो। शारीरिक तथा मानसिक दण्ड दिन नहुने जनाइएको थियो। उनीहरूसँग खेल्ने, कुराकानी गर्ने, पर्याप्त समय दिने र उमेरअनुसार व्यवहार गर्नुपर्ने सुझाव दिइएको थियो।

त्यस्तै, बालबालिकाले विद्यालय तथा समुदायमा गर्ने गतिविधि, साथीहरूको संगत र सामाजिक सञ्जालमा उनीहरूको गतिविधिबारे नियमित जानकारी लिने पनि बताइएको थियो। व्यवहारमा असामान्य परिवर्तन देखिएमा कुराकानी गरी आवश्यक सहयोग गर्ने तथा समयतालिकाअनुसार काम गर्न प्रेरित गर्नुपर्ने बताइएको थियो।

उक्त कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल हिंसा प्रतिकार्य समूहकी अध्यक्ष निभा सिंह, महिला अधिकारकर्मी बबिता जयसवाल, हिरामती कुशवाहा, किस्मती राम, नेपाली कांग्रेसका लोकेश सिंह, लक्ष्मी खरेल लगायतको विशेष सहभागिता थियो। विभिन्न संघसंस्थाका पदाधिकारी तथा नेपाल प्रहरीको सहभागिता रहेको थियो।

Leave a review