विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न

साझेदारी दैनिक
537 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रघुनाथपुर रामनगरमा रहेको नेरामाविको आयोजनामा विद्यालय सुधार योजना निर्माण कार्यशाला कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

विद्यालयले विद्यालय सुधारका लागि योजना निर्माण गर्ने उदेश्यले उक्त कार्यशाल कार्यक्रमको आयोजना गरेको हो । स्थानीय वयोवृद्ध शिक्षाप्रेमी निलबहादुर थिङ्गको अध्यक्षतामा आयोजित उक्त कार्यशालाको सहजीकरण विद्यालयका प्रधानाध्यापक सुरेन्द्र चौरसियाले गरेका थिए ।

उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष नवराज खड्का, पुर्वअध्यक्ष तथा शिक्षाप्रेमी चुडाहरी अधिकारी, कल्याण सुवेदी,सन्तोष चौधरी,महेन्द्र प्रकास विमली, समाजसेवी लालप्रसाद घिमिरे, संचारकर्मी सन्तोष पाण्डे लगायतकाले विद्यालय सुधार योजनाका ईन्डिकेटरहरुको वारे प्रस्तुत गर्नुभएको सहायक प्रअ अर्जुन पराजुलीले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds