पर्साका पालिकाहरुले एक बर्षमै डेढ करोड भन्दा बढीको ईन्धन खर्चिए

साझेदारी दैनिक
502 पाठक संख्या

राम मण्डल

वीरगञ्ज

पर्सा जिल्लामा रहेका १४ पालिका मध्ये सात वटा पालिकाहरुले मनोमानी रुपमा ईन्धनमा पैसा खर्च गरेका छन ।

सात वटा पालिकाहरुले आर्थिक बर्ष २०७६÷७७ मा ईन्धनमा मात्रै एक करोड ८० लाख ६ सय ७८ रुपैया खर्च गरेका छन । जिल्लाका बिभिन्न सात वटा पालिकाहरुले एक बर्षमै डेढ करोड भन्दा बढीको ईन्धन खर्च गरेका छन ।

महालेखा परिक्षकको कार्यालयले जारी गरेको बार्षिक प्रतिबेदनका अनुसार आर्थिक बर्ष ०७६÷७७ मा जिल्लाको पोखरिया नगरपालिका,कालिकामाई गाउँपालिका,ठोरी,धोबिनी,सखुवा प्रसौनी,पटेर्वा सुगौली र जगरनाथपुर गाउँपालिका गरि सात वटा पालिकाहरुले एक करोड ८० लाख ६ सय ७८ रुपैया ईन्धनमा खर्च गरेका हुन ।

सबै भन्दा बढी जगरनापुर गाउँपालिकाले एक बर्षमै ३१ लाख ७६ हजार ३० रुपैयाको ईन्धन खरिद गरेको महालेखाले जारी गरेको प्रतिबेदनमा उल्लेख रहेको छ । यसैगरि सखुवा प्रसौनी गाउँपालिकाले २५ लाख १९ हजार ६१, धोबिनीले २४ लाख ९४ हजार एक सय ८६, कालिकामाईले २३ लाख ९५ हजार ३ सय ८४,ठोरीले २२ लाख ७६ हजार ८ सय ६८, पोखरिया नगरपालिकाले १७ लाख ८५ हजार ४९ र पटेर्वा सुगौली गाउँपालिकाले एक बर्षमै १२ लाख ३ हजार १ सय रुपैया ईन्धनमा खर्च गरेका छन ।

यता ईन्धन खर्च गर्दा गाडीको लगबुक राख्नुपर्ने र कर्मचारीलाई मोटरसाईकलमा पेट्रोल खर्च दिदा मासिक रुपमा सिमा तोकी प्रदान गर्नुपर्ने हुन्छ । तर पोखरिया नगरपालिकाले केही ईन्धन कुपनमा गाडी नम्बर नखुलेको र मोटरसाईकलमा १० देखि २५ लिटरसम्म ईन्धन उपल्बध गराएको देखिएको महालेखाले जनाएको छ ।

Leave a review

This will close in 0 seconds