अनिलकुमार साह
गण्डक,२२ असोज
बाराको प्रसौनीमा आज एक कार्यक्रका बीच प्रसौनी गाउँपालिकाद्वारा संचालन गरिएको सिसिटभि क्यामेराहरुको उद्घाटन सम्पन्न गरिएको छ।
सो कार्यक्रमका प्रमुख अतिथी तथा प्रसौनी गाउँपालिकाका प्रमुख भोला गुप्ताले सिसिटिभी क्यामेरा आजदेखि सञ्चालनमा आएको हुनाले यस क्षेत्रमा अबदेखि चोरी , डकैती , लागू पदार्थ सेवन लगायतका घटनाहरु नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। प्रसौनी मात्र नभई कलैया बजारसम्म पनि अरू पलिकसँग समन्वयगरी सिसिटिभी क्यामेरा जडान गर्न आफू तयार रहेको बताए। उनले गण्डक, प्रसौनी बजार देखि भलुहि चौकसम्म सिसिटिभी क्यामेराको विशेष निगरानी हुने बताए । सो कार्यक्रमका विशिष्ट अतिथि तथा बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले समाजमा भएका विकृतिलाई रोकथाम गर्न र शान्ति सुरक्षा कायम राख्न सबैलाई सहयोग र साथ दिन आग्रह गरे।
सिसिटिभी क्यामेरा जडानले शान्ति सुरक्षा लगायत चोरी, डकैती, लागू पदार्थ सेवन आदि रोकथाम गर्नमा विशेष सहयोग पुग्ने हुनाले यस कार्यको लागि प्रसौनी गाउँपालिकालाई विशेष धन्यवाद दिएका थिए। त्यसै गरी कार्यक्रमका विशिष्ट अथिति एवम् नेपाल तरुण दल बाराका अध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले शुभकामना दिदै सिसिटिभी क्यामेरा जडानले अब यस क्षेत्रमा शान्ति सुरक्षामा ठूलो सफलता हासिल गरेको बताए। उनले आउने दिनमा अझ सामाजिक सेवामा काम गर्न आफू हरपल तत्पर रहेको बताए ।
त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक विन्देश्वर यादवले कार्यक्रममा आएको सलाह सुझावलाई समेटेर शान्ति, सुरक्षा दिनमा आफू प्रतिबद्ध रहेको बताए। उनले कार्यक्रमलाई सफल बनाइदिएकोमा सबैलाई धन्यवाद समेत दिएका थिए। कार्यक्रममा सात वटै वडाका वडा अध्यक्षले शुभकामन मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिकाकी उपप्रमुख गिता साहको रहेको थियो भने कार्यक्रममा सञ्चालन गाउँपालिकाका निम्ति प्रशासकीय अधिकृत सुरेश साहको रहेको थियो। सो कार्यक्रममा सुरक्षा कर्मीहरु , कार्यपालिका सदस्यहरु, समाजसेवी , बुद्धिजीवी, सञ्चार कर्मीहरु लगायतकाको उपस्थिति रहेको थियो ।


