वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

पशुपालक किसानहरुको लागि तालिम

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरका पशुपालक किसानहरुलाई स्वच्छ र गुणस्तरीय दुग्ध उत्पादन सम्बन्धी तीन दिने तालिम दिईएको छ ।
किसानको गोठदेखी उपभोक्ताको ओठसम्म स्वच्छ र गुणस्तरीय दुग्ध उत्पादन गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो ।
केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड र कासा परियोजनाको सहयोगमा स्थानीय पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा उक्त तालिम संचालन गरिएको हो ।
पञ्चामृत सहकारीको मुख्य केन्द्र रामनगर सहित शाखाहरु कोल्हवी नगरपालिका वडा नम्बर ५,८ र करैयामाई गाउँपालिका वडा नम्बर १ सहजौलीमा आवद्ध करिब चार सय ५० जना पशुपालक किसानहरुलाई २५/२५ जनाको समुहमा उक्त तालिम दिईरहेको छ ।
तालिममा किसानहरुलाई स्वच्छ र गुणस्तरीय दुग्ध उत्पादनका वारेमा प्रशिक्षकहरु रामबहादुर नेपाल, नवराज घिमिरे र संगिता श्रेष्ठले प्रशिक्षण गराईरहेको पंञ्चामृत दुग्ध सहकारीका अध्यक्ष चुडाहरी अधिकारीले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!