वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

वीरगञ्जलाई प्रदेशको राजधानी माँग सहित काँग्रेसको दबाबमुलक ¥याली

राम मण्डल
नेपाली काँग्रेस वीरगञ्ज महानगर समितिले वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माँग गर्दै दबावमुलक ¥याली निकालेको छ ।

वीरगञ्जको घण्टाघरबाट निस्किएको दबावमुलक ¥यालीले महानगरपालिकाको बिभिन्न भागहरुको परिक्रमा गर्दै घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । दबाब मुलक ¥यालीमा सहभागी भएकाहरुले वीरगञ्जलाई प्रदेशको राजधानी घोषणा गर, प्रदेश सरकार खबरदार वीरगञ्ज राजधानी हाम्रो पुकार लगायतका नाराहरु लगाएका थिए ।

उनीहरुले प्रदेश २ का मुख्यमन्त्री बिरुद्ध पनि चर्को नाराबाजी गर्दै उनको राजिनामा माँग गरेका थिए । सहभागीहरुले प्रदेश २ को मुख्यमन्त्री मुर्दाबादका नारा लगाउदै उनको राजिनामाको माँग गरेका हुन । घण्टाघरमा ¥यालीपछि आयोजित कोणसभामा बोल्ने बक्ताहरुले वीरगञ्जलाई राजधानी बनाउनको लागि पर्सासहित अन्य जिल्लाका नेता कार्यकर्ता तथा प्रदेश साँसदहरुको सहयोग जरुरी रहेको बताएका थिए ।

उनीहरुले वीरगञ्ज प्रदेशको राजधानीको लागि उपयुक्त स्थान भएका कारणले जनकपुर नभई वीरगञ्जलाई नै राजधानी बनाउनु पर्ने कुरामा जोड दिएका थिए । कोणसभालाई सम्बोधन गर्दै पर्साबाट निर्बाचित प्रदेश सासद राजेश्वर साह तेलीले मधेसी दल जसपाले मधेस आन्दोलनको समयमा नै वीरगञ्जलाई प्रदेशको राजधानी बनाउने आश्वासन जनतामा बाँडेको भएपनि अहिले आएर त्यसबाट पछि हटेको आरोप लगाए ।

भौतिक संरचनाको विकास वीरगञ्जमा राम्रो हुनु तथा देशको अर्थतन्त्रमा वीरगञ्जको योगदान बढी रहेकोले जनकपुरको तुलनामा वीरगञ्जलाई राजधानी बनाइएको राम्रो ह्ने जानकारी दिए । वीरगञ्जलाई राजधानी बनाउनको लागि यहाँका जनताले आन्दोलनको लागि जुटनुपर्ने र आफुहरुले जस्तो सुकै आन्दोनल गर्नुपर्ने भएपनि पछाडि नहटने अर्का प्रदेश साँसद शँकर चौधरीको भनाई थियो ।

उनले यसअघि पनि आफुहरुले वीरगञ्जलाई नै राजधानी बनाउनुपर्ने कुरालाई जोड दिदै प्रदेश सभामा वीरगञ्जकै पक्षमा भोट दिएको बताए ।कोण सभामा बोल्दै काँग्रेस नेतृ एवम वीरगञ्ज महानगरकी उपप्रमुख शान्ति कार्कीले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यथाशिघ्र राजिनामा दिनुपर्ने माँग गरिन ।उनले प्रदेशको बिकाश गर्नमा असफल भएका मुख्यमन्त्रीले तुरुन्तै राजिनामा दिनुपर्ने जिकिर समेत गरिन ।काँग्रेस वीरगञ्ज महानगर सभापति भोला कलवारको सभापतित्वमा भएको कोण सभामा काँग्रैस पर्साका कोषाध्यक्ष ईम्तियाज आलम लगायतले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!