बुवाले छोरामाथि खुकुरी प्रहार

साझेदारी दैनिक
साझेदारी दैनिक 319 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिका –१५ डुमरबानामा बुवाले छोरामाथि खुकुरी प्रहार गरेका छन् । रक्सीले मातेको छोराले भाटाले बुवालाई हिर्काएपछि रिसाएका बुवाले छोरा माथि खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने बुवा बर्ष ५२ बर्षका हिल्तो तमाङग रहेका छन् । उनले जेठ २५ गते राती बर्ष २१ का छोरा जङ्गा तमाङगलाई खुकुरी प्रहार गरेका थिए । उनलाई हाल बायोधा अस्पताल परवानीपुरमा उपचार भईरहेको छ ।

दुई दिनको उपचारपछि छोराको अवस्थामा सुधार आएको र अवस्थ समान्य रहेको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । बुवालाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ ।

खुकुरी प्रहार गर्ने यो घट्ना घरायसी रहेकाले आज घरपरिवारका सदस्यहरुसँगको छलफलपछि कार्बाही प्रक्रिया अघि बढाउने श्रेष्ठले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review