रञ्जन यादब /
बारामा अबैध भैसी सहित दुई जना मानिस आज पक्राउँ परेका छन् । पक्राउँ पर्नेमा सुवर्ण गा.पा.वडा नं.७ बस्ने बर्ष २० को औसिद आलम र बर्ष २४ को दिपक यादव रहेका छन् ।
कलैया उपमहानगरपालिका वडा नं.१४ लक्ष्मीनिया टोल स्थित सड्कबाट उनीहरुलाई पक्राउँ गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
उहाँले भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको रू. ७४ हजार पर्ने भैसी १ वटा र पाडो ७ वटा फेला पारी नियन्त्रणमा लिएको बताउँनुभयो ।
भैंसी, पाडो सहित पक्राउ तस्करहरू आलम र यादवलाई आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।