गठबन्धनको सिसवामा भयो कोणसभा र घरदैलो

साझेदारी दैनिक
साझेदारी दैनिक 860 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

पाँच दलीय गठबन्धनले बिहीबार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ को सिस्वा महेशपुर,वडा नं. २७ रामपुर विजुलपुर,बर्वा र वडा नम्बर १५ बकुलहर खम्हवामा चुनावी कोण सभा एवं घरदैलो कार्यक्रम भब्यताका साथ गरेको छ ।

सिस्वा महेशपुरमा भएको कोणसभालाई नेपाली कांग्रेस बाराका जिल्ला सभापति तथा कलैया उपमहानगरपालिकाका नगर प्रमुखका उम्मेदवार राजेश राय यादवले सम्बोधन गरे । उनले गठबन्धनलाई बहुमतले जिताउन अपिल गर्दै कलैयाको विकासमा गठबन्धनले पाँच वर्षमा ठूलो काम गर्ने जनाए ।

लोकतन्त्रको पक्षमा गठबन्धन भएको उनको भनाई थियो । तानाशाही प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको जनाउदै उनले यस्को लागि पाँच दलीय गठबन्धन आवश्यक रहेको जनाए । गठबन्धनका उपप्रमुखको उम्मेदवार तथा पूर्व संविधान सभा सदस्य जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले समेत सो कोणसभालाई सम्बोधन गरे ।

गठबन्धनलाई भारी बहुमतले जिताउन आग्रह गर्दै मुलुकलाई तानाशाहीबाट जोगाउन आवश्यक रहेको बताए । मुलुकको विकास गर्न गठबन्धनका उम्मेदवार जित्न जरुरी रहेको बताए । नेकपा माओवादी केन्द्रका कलैया उपमहानगरपालिकाका अध्यक्ष मुकेश साहले समेत सो कोणसभालाई सम्बोधन गरे ।

सो कार्यक्रममा नेपाली कांग्रेसका तर्पmबाट वडाअध्यक्षको उम्मेदवार कार्यक्रममा जसपाका कलैया उपमहानगरपालिकाका अध्यक्ष शिवनाथ पटेल लगायतको सहभागिता थियो । कोणसभामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार शशिकान्त प्रसाद यादव, जसपाका वडा अध्यक्षका उम्मेदवार धर्मेन्द्रप्रसाद यादव, नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार मुकुन्द पौडेल, नेकपा समाजवादीका शम्भुप्रसाद यादव लगायतकाले गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउन आग्रह गरे । सो अवसरमा उनीहरुले घरदैलो लगायतका कार्यक्रम समेत गरेकाछन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review