निजगढ नगरपालिकाको आगामी बर्ष ८८ करोड ४९ लाख बजेट

साझेदारी दैनिक
साझेदारी दैनिक 438 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

निजगढ नगरपालिकाको आगामी आर्थिक २०७७/७८ वर्षको ८८ करोड ४९ लाख ५० हजार रुपैयँ बराबरको बजेट विनियोजन गरिएको छ ।

बुधवार नगरपालिकाको सभाहलामा आयोजित छैठौ नगरसभामा उपमेयर लिलादेवी लामिछाने खनालले आगामी वर्षकालागि ८८ करोड ४९ लाख ५० हजार रुपैयँ बराबरको बजेट सार्वजनिक गरेकीहुन् ।

आगामी बर्षमा नगरपालिकाले कृषि क्षेत्र,स्वास्थ्य तथा रोजगारी सृजना गर्ने खालका कार्यक्रमहरुलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रमहरु ल्याएको नगर सभालाई सम्बोधन गर्दै मेयर सुरेश कुमार खनालले बताएका छन ।

आगामी आ.ब. २०७७/७८ मा नगरपालिकाले संघीय सरकार मार्फत वित्तीय समानीकरण अन्तर्गत १२ करोड २४ लाख, ससर्त अनुदान २० करोड ४७ लाख, राजश्व बाडफाड ९ करोड ७४ लाख, विशेष अनुदान २ करोड ५० लाख प्राप्त हुने जनाईएको छ ।

त्यस्तै प्रदेश सरकार वित्तीय समानीकरण ७३ लाख ४१ हजार,प्रदेश ससर्त अनुदान ८० लाख,विशेष अनुदान २० लाख,समपुरक अनुदान ३० लाख,सवारी साधन राजश्व बाडफाड १ करोड ९१ लाख र आन्तरिक आय ३७ करोड ५९ लाख लगायत अन्य आम्दानि सहित ८८ करोड ४९ लाख ५० हजारको नीति तथा कार्यक्रम उपमेयर लिलादेवी लामिछाने खनालले प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकता स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार,कृषि र पशु क्षेत्रको बिकास,भौतिक पूर्वाधार बिकास,खानेपानी सरसफाई व्यवस्थापन,युवा स्वरोजगार शिप व्यवस्थापन,सेवा प्रवाह र सुचना प्रविधि,पर्यटकीय पूर्वाधार बिकास,लक्षित बर्गको क्षमता बिकास,खेलकुदको बिकास र कला संस्कृतिको जगेर्ना,भुमि व्यवस्थापन लगायत रहेकाछन ।

यसैगरी आगामी आर्थिक बर्षमा सडकलाई नगरको प्रमुख प्राथमिकता प्राप्त क्षेत्रको रुपमा आत्मसाथ गर्दै वार्षिक ७ किलोमिटर पक्कि सडक बनाउने नीतिलाई निरन्तरता दिने नीति लिएकोछ । वडा नम्बर ९ स्थित रंगशाला नजिक ट्रक तथा बस पार्कको निर्माण कार्य अघि बढाईने,शहरी खानेपानी आयोजना सुरुवात गरिने,वैकल्पिक उर्जाको दिगो श्रोतको रुपमा रहेको सौर्य उर्जा उत्पादनको सम्भाव्यता अध्ययन गरिने,बकैया नदीको पानीको रिचार्ज,तथा सिंचाई,नदि नियन्त्रण कार्यलाई समेत सहयोग गर्नेगरी चेक ड्यामको निर्माण गरिने,सामुदायिक विध्यालयहरुमा निशुल्क पठनपाठनमा सहयोग गर्नकालागी विध्यार्थी संख्याको आधारमा नगरपालिकाबाट थप अनुदानको व्यवस्था मिलाईने,संस्थागत विध्यालयहरुको वर्गीकरण,शुल्क निर्धारण गरिने जनाईएको छ ।

विश्व महामारीको रुपमा रहेको कोभिड १९ को सम्भावित संक्रमणबाट बच्न र बचाउन सकिने सचेतनामुलक कार्यक्रम संचालनमा ल्याईने,विध्यालय तहमा खेलकुदका बिभिन्न प्रतियोगिताका कार्यक्रम संचालन गरिने,प्राविधिक शिक्षालाई जोड दिंदै दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकामा वहुप्राविधिक शिक्षालय खोल्न आवश्यक सम्भाव्यता अध्ययन गरिने,विध्यालय स्तरमा कम्प्युटर शिक्षालाई प्रोत्साहन गर्न विध्यालयको स्तर अनुसार आवश्यक व्यवस्था मिलाईने लगायत नगरपालिकाको मुख्य नीति तथा कार्यक्रममा उल्लेख छ ।

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको अध्यक्षतामा सम्पन्न नगरसभामा वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य,कर्मचारी,संचारकर्मी, समाजसेवी बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review