स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राालयले बन्दाबन्दी (लकडाउन)मा पनि नियमित खोप सेवा सञ्चालन गरेको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को कारणले केही सङ्क्रमण बढी देखिएको स्थानमा बाहेक अन्य ठाउँमा नियमित खोप सेवा सञ्चालन गरेको छ ।
स्वास्थ्य सेवा विभागको वालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले नियमित खोप सेवा अन्तर्गतका सबै खोप सञ्चालन गर्न नसकेपनि ३५ प्रतिशत खोप मात्र सञ्चालन गरिएको बताउनुभयो । उहाँले सङ्क्रमित बढी देखिएका स्थानीय तहबाहेक अन्य ठाउँमा नियमित अन्तर्गतका खोप सेवा दिइएको बताउनुभयो । ‘‘हामीले नियमित खोप दिन नसकेपनि केही बालबालिकालाई खोप दियौँ’’ उहाँले भन्नुभयो, ‘‘मन्त्रालयले वैशाख १० गते खोप रोक्नुहँुदैन भनेपछि नियमित खोप सञ्चालन ग¥यौ ।
’’ सङ्क्रमण बढ्दै गएपछि चैत २१ गते मन्त्रालयले नियमित खोप सेवा रोकेको थियो । नियमित खोप नदिँदा बालबालिकालाई प्रभाव पर्ने भन्दै मन्त्रालयले खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । वर्षेनी जन्मेदेखि १५ महिनासम्मका छ लाख २० हजार बालबालिकालाई सरकारले निःशुल्करुपमा विसिजी, डिपीटी, पोलियो, दादुरा, रुवेलालगायतका १२ प्रकारका खोप सेवा दिँदै आएको छ । ती खोप सेवा १६ हजार खोप सेवा केन्द्रबाट करिव ५२ हजार महिला स्वास्थ्य स्वयमसेविकाले दिने गर्दछन् ।
यसैगरी विभागले खोप सेवासँगै सरसफाई प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि खोप लगाउन आउने आमालाई सरसफाई कसरी गर्ने भन्ने सिकाइने शाखाका प्रमुख डा गौतमले बताउनुभयो । नियमित खोप सेवा बच्चालाई लिन आएको बेला खोप केन्द्रमा नै बालबालिकाका आमालाई सरसफाई प्रवद्र्धन सिकाइने छ । कार्यक्रम अन्तर्गत हात धुने, स्तनपान, खानेकुरा खुवाउने, दिसापिसावजस्ता काम कसरी गर्ने भन्ने आमालाई सिकाइने छ ।
यसरी सरसफाईमा र वातावरणीय सरसफाईमा ध्यान दिँदा बालबालिकालाई झाडापाखाला र अन्य रोग कम लाग्ने गर्दछन् । ‘‘जन्मदेखि १५ महिनासम्म एक जना बच्चाको लागि खोप सेवा लिन आमा कम्तिमा सात पटक आउने गर्दछन,’’ उहाँले भन्नुभयो, ‘‘ त्यही बेला जति पटक खोप सेवा लिन बच्चालाई आउछन् त्यति नै पटक सरसफाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेछाँै ।’’रासस