लागूऔषध गाँजासहित एक जना महिला पक्राउ

संदिप प्रसाद यादव
237 पाठक संख्या

बारा प्रहरीले आठ किलो प्रतिबन्धित लागू औषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैया बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ आधाभार जंगल स्थित पिठयूमा कालो झोला बोकी सडक छेउमा उभि रहेकी एक जना महिला शंकास्पद लागी कानूनी प्रकृया पुरा गरी उक्त महिलाले बोकेको झोला चेक जाँच गर्दा लुकाई झिपाई राखेको लागू औषध गाँजा सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बर्दीयाको मधुवन नगरपालिका नम्बर ७ बस्ने सागर तामाङको श्रीमती अन्दाजी २५ वर्षकी प्रियंका श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनको साथबाट ८ किलो ५०० ग्राम लागू औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त महिलालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a review