खानेपानी मन्त्री चौधरी मतदाता भेट्न व्यस्त

साझेदारी दैनिक
684 पाठक संख्या

धिरेन्द्र पनुहर
कोल्हवी, २३ कार्तिक
खानेपानी मन्त्री एवम् बारा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदको नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी, प्रदेश सदस्य क का उम्मेदवार रमेश दंगालको मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन ।
मन्त्री चौधरी र प्रदेशसभा सदस्य दंगालले बुधबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन ।
घरदैलो कार्यक्रम अन्तरगत बुधवार कोल्हवी नगरपालिका वाड नम्बर १० को बरेवा,बच्छनपुर्वा अमाव ,वाड न ११ को थस्कौल वाड नम्बर ९ को पडरी ,खगदे लगायतको टोलमा मतदाताहरु भेटघाट गर्नु भएको थियो। घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्य समानुपातिक उमेदवार रबिन्द्र पनुहर, सुमिन्त्रा देवि चौधरी समेतको सहभागिता रहेको थियो ।
यस्तै घरदैलो कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्लाका कोषाध्यक्ष बासु प्रसाद चौधरी, कोल्हबी नगरसभापति बिरेन्द्र चौधरी, उपसभापति बसन्त चौधरी, कांग्रेस नेता शम्भु बुढाथोकी , माला लामा, उपेन्द्र चौधरी ,तरुण दल क्षेत्रीय सभापति ॐप्रकास चौधरी, नेपाली कांग्रेसका वडा सभापतिहरु लगाएत कांग्रेसका समर्थक कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।
घरदैलोको क्रममा कोल्हवी १० बच्छ्नपुर्वाका बिन्दास दिनेश चौधरीले बरेवा टोल र बारा बजार जोड्ने जमुनि खोलामा पक्किको अति नै आवश्यक रहेकोले उक्त्त खोलामा पक्कि पुल निर्माण गर्न उमेदवार उमाकान्त चौधरीसंग जोरदार माग गरेको थिए । सो अवसरमा खानेपानी मन्त्री समेत रहेका उम्मेदवार चौधरीले उक्त खोलामा पक्कि पुलकोलागि पहल गरि सकेको र चाडै नै पुल निर्माण हुने जानकारी दिनुभएको थियो ।
फोटोः घरदैलो गर्दै मन्त्री चौधरी लगायत

Leave a review

This will close in 0 seconds