Sajhedari Daily
Latest News from Nepal

प्रदेश २ सरकारको ‘कोरोना नियन्त्रणमाको भुमिका कमजोर’

Top Aside Banner

रञ्जन यादव
प्रदेश २ सरकारको कोरोना भाईरस नियन्त्रण तथा रोकथाममा भुमिका कमजोर देखिएको प्रदेशसभा सांसद सुन्दर विश्वकर्मा आरोप लागाएका छन ।

बाराको सिमरामा स्थानीय सञ्चार गृह तथा स्वास्थ्य संस्थाहरुलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै प्रदेश सांसद विश्वकर्माले यस्तो आरोप लगाएका छन । सो अवसरमा बोल्दै उनले प्रदेशसरकारको काम कारवाहीप्रती असन्तुष्टि व्यक्त गरेका छन ।

प्रदेशको प्रमुख प्रतिपक्षि दल नेकपाका मुख्य सचेतक समेत रहेका विश्वकर्माले कोरोना नियन्त्रण तथा रोकथामकै लागि साढे दुई अर्व भन्दा बढी रकम खर्च भएको बताएपनी महामारीको समयमा प्रदेश सरकारको उपस्थिती जनताले महशुस गर्न नपाएको बताए ।

‘स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाईन तथा आईसोलेसनको व्यवस्थापनमा पनि प्रदेशले अभिभावकिय जिम्मेवारी वहन प्रदेश सरकारले गर्न नसकेको विश्वकर्माले जनाए । भारतसँगको खुला सिमानाका कारण अति जोखिममा रहेको प्रदेश २ मा अझैसम्म कोरोना परिक्षणलाई तिब्रता दिन नसक्नु दुःखद् भएको बताए ।

सांसद विश्वकर्माले बाराका स्थानीय तहहरु एकआपसमा मिलेर आफेले पिसिआर मेसिन खरिद गरि समुदायस्तरमा परिक्षण थाल्नुपर्ने बताएका छन ।