जनकल्याण र बिश्व शान्तिको लागि प्रबचन कार्यक्रम

साझेदारी दैनिक
587 पाठक संख्या

रञ्जन यादब/
८७ औँ महाशिवरात्रि पर्बको उपलक्ष्यमा ब्रहमकुमारी राजयोग सेवा केन्द्र सिमराले जनकल्याण र बिश्व शान्तिको लागि प्रबचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो ।

प्रदेश सभा सदस्य चौधरीले आफनो धर्म,सँस्कृति र भेषभुषाको रक्षा गर्दै जगत कल्याणमा जुट्न आहवान गर्नुभएको छ । उहाँले ब्रहमकुमारी राजयोग सेवा केन्द्रको कार्यको प्रशंसा गर्दै ब्रहमकुमारी राजयोगको कार्यले देशमा शान्ति र सहिष्णुता फैलीरहेको बताउँनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नागरिकले आफनो अधिकार खोज्ने तर कर्तब्यको परिपालना गर्न बिर्सेको बताउँनुभयो । पश्चिमा सभ्यताको नक्कल गर्दै मानिसले आफनो मान्यजन,अग्रज ,गुरु तथा आमाबुवाप्रती गर्ने ब्यवहार बिर्सेको प्रती चिन्ता ब्यक्त गर्नुभयो । परमात्माको सन्देशलाई नागरिकले परिपालना नगरेकाले राज्यले कानुन बनाउँने गरेको बताउँनुभयो । बर्तमान परिपेक्षमा भित्री अन्तर आत्माको अशान्तिको कारण सम्पती हुने वा नहुने दुबै सुखी नभएको बताउँनुभयो ।

सुखी हुन भित्री अन्तरआत्मा शान्ति नितान्त आवश्यक भएको कुरामा जोड दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले ब्रहमकुमारी राजयोगको कार्यले जीतपुरसिमरा उपमहानगरपालिकामा धर्मको रक्षा गर्दै ईश्वरीय ज्ञान बितरणमा महत्वपुर्ण योग्दान दिईरहेको चर्चा गर्नुभयो ।ब्रहमकुमारी राजयोग सेवा केन्द्रका प्रमुख मधु बहनजीले आफनो चन्चल मनलाई ईश्वरमा लगाउँन सक्ने कहिल्यै दुखी हुन नसक्ने तर्क गर्नुभयो ।

संसारमा धेरै यन्त्रहरुको उत्पत्ती भएपनि आफनो मनरुपी अन्तरआत्मालाई चार्ज गर्न अहिल्यै सम्म कुनै पनि यन्त्र बन्न नसकेको तर्क गर्नुभयो । कार्यक्रममा बोल्दै ब्रहमकुमारी रोजयोग केन्द्र क्षेत्रीय कार्यालय बिरगंजका प्रमुख रबिना दिदीले ब्रहमकुमारी राजयोग सेवा केन्द्रबाट प्राप्त हुने ज्ञान लिन भिक्षु हुनुपर्ने ,घरब्यवहार छोड्नुपर्ने वा सेतो कपडा लगाउँनै पर्ने जस्ता कुनै प्रावधान नभएको बताउँनुभयो ।

आफनो अन्तरआत्मालाई शान्त गर्न र ईश्वरीय ज्ञान प्राप्त सधैँ सबैकोलागि ब्रहमकुमारी राजयोग केन्द्रको ढोका सधै खुलारहेको बताउँनुभयो । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले आर्थिक मन्दीले ब्यपारीहरुको मन अक्रान्त भएको समयमा ब्रहमकुमारी राजयोगको ज्ञानले अन्तरआत्मालाई शान्त पार्नमा महत्वपुर्ण योग्दान दिने बिश्वास ब्यक्त गर्नुभयो । औपचारिक प्रबचन कार्यक्रममा सुरुवात हुनुभन्दा अगाडि सिमरामा शिव पार्वतीको झाँकी सहितको रयाली निकालिएको थियो ।

Leave a review

This will close in 0 seconds