रञ्जन यादब /
जिफन्ट प्रदेश नम्बर दुई कमिटीले आफ्नो ३० औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
स्थापना दिवसको अवसरमा जिफन्टले बाराको सिमरामा सोमवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
प्रदेश कमिटीका अध्यक्ष कमलेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्टका केन्द्रिय उपमहासचिव दिनेश कुमार राइले रगतको पोका हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा समग्र उद्योग ट्रेड युनियनका अध्यक्ष आनन्द थामी, पूर्वउपाध्यक्ष अमृतलाल श्रेष्ठ, सन्चारकर्मी बिदुर खडका, सारदा पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रक्त सञ्चार केन्द्र वीरगंजको टोलीले प्रबीधिक सहयोग गरेको थियो । सो अवसरमा ४६ जनाले रक्तदान गरेका छन् ।