रञ्जन यादव/
जीतपुरसिमरा उपमहानगरपालिकाको खोलाको राजस्वमा जनप्रतिनिधिर प्रहरीलको ब्रम्हलुट भईरहेको छ ।
घरायसी प्रायोजनको लागि नदीजन्य पदार्थ निकाल्ने मनसायले खोलिएको खोलाको वडा स्तरीय जनप्रतिनिधि र प्रहरीले माल कमाउँने भाडो बनाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जीतपुरले सर्वसाधारणको घरायसी प्रयोजनको लागि भन्दै नदिजन्य पदार्थ (ढुङा,बालुवा,गिट्टी,माटो) उत्खनन् गर्नुभन्दा अगाडी वडा कार्यालयमा राजश्व तिरेर रसिद काट्नुपर्ने ब्यवस्था छ ।
पालिकाले मिति २०७९ फाल्गुन ३ गतेदेखि आफ्नो उपमहानगरपालिका भित्र रहेको खोलाहरु दुधौरा, बालगंगा(बंगरी) र पसाहा खोलाबाट नदिजन्य पदार्थ सर्वसाधारणलाई (घरायसी प्रयोजनकोलागि मात्र) बिक्री गर्न कार्याविधी बनाएको थियो ।
उपमहानगरपालिकाको तीनवटै खोलाका वडा कार्यालयबाट काटिएको राजस्व रसिदमा एउटै रसिदको नम्बर प्रयोग गर्दै फरक फरक मिति प्रयोग गरि एउटा सवारी साधनले पाँचदेखि सात पटक सम्म ढुङ्गा, गिट्टी,बालुवा ओसारपसार गरि राजस्वमा अपचन गर्दै ब्रम्हलुट मच्चाइएको स्थानीय बताउँछन् ।
वडा कार्यालय र प्रहरीलाई नजराना बुझाई निर्धक्क रुपमा नदिजन्य पदार्थको कारोबार भईरहेको छ । यता ईलाका प्रहरी कार्यालय जीतपुरले काटेको रसिद भन्दा बढी बालुवा लोड गरेको भन्दै एउटा ट्रयाक्टरलाई पक्राउ गरी उपमहानगरपालिकाको कार्यालय पठाएको थियो ।
उक्त ट्रयाक्टरका चालक आदित्य कुमारले वडाका जन प्रतिनिधि र प्रहरीलाई आफुले महिनावारी पैसा नदिएका कारण आफनो गाडि रोकेको बताउँनुभयो । जीतपुरका एक प्रहरीले महिनावारी बाँधेर जति मन लाग्यो त्यत्ति बालुवा वा माटो लग्न भन्दा पनि आफु नमानेको बताएका छन । उहाँले महिनामा आफुले केही दिन मात्र गाडिमा बालुवा र माटो बोक्ने गरेका कारण आफुले तिर्न नसक्ने जवाफ फर्काएको बताएका हुन ।
यता जीतपुरसिमरा उपमहानगरपालिका एक ईन्जिनीयरले दिन्हौँजसो आफुहरुको मोबाईलमा स्थानीयहरुले नदीजन्य पदार्थ लोड गरेको गाडी र रसिदको फोटो खिचेर पठाउँने गरेको बताए । जनप्रतिनिधि र प्रहरीकै मिलामतो रहेका कारण आफुहरुले केही गर्न नसकिरहेको गुनासो गर्नुभयो ।
प्रति सेफ्टी ११ रुपैयाको दरले प्रति ट्रेयक्टर एक पटकको ९९० रुपैया तिर्नुपर्छ तर सवारी धनिले एउटा रसिद काटी सात पटकसम्म नदिजन्य पदार्थ ओसार्दा प्रति सवारी धनीले ५ देखि ७ हजार राजस्व अपचलन हुदा प्रती दिन २ सय देखि ३५० सवारी साधनको ५ देखि ७ लाख अपचलन हुने र सो बापत सम्बन्धित वडा र प्रहरीले तोकिएका एजेन्ट मार्फत नजराना लिँदै आएको स्थानीय प्रबिण सिंहले बताए ।
उनले जीतपुरसिमरा उपमहानगरपालिकाले खोलामा जे.सि.बि.लगेर नदीजन्य पदार्थ उत्खनन् गर्न बन्देज गरिए पनि मिलामतोमा दुई वा दुई भन्दा बढीसम्म जेसिबि लगाएर उत्खन्न गरेको भेटिएको छ । ट्रिपर खोलामा बन्देज गरिए पनि ट्रिपरको लर्को लाग्दा पनि उपमहानगरपालिका यस सम्बन्धमा बेखबर देखिएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकांश खोलापर्ने वडाहरुको अवस्था यस्तै छ । कतिपय बालुवा प्रशोधन केन्द्रहरु नियम बिपरित खोला नजिकै खोलिएका छन् । उनीहरु साँझको ८ बजे देखि बिहानको ६ बजेसम्म नदीजन्य पदार्थ जेसिबि लगाएर उत्खनन् गरिरहे पनि कोही पनि जनप्रतिनिधि यस बिषयमा एक शब्द पनि बोलेका छैनन्।