Sajhedari Daily
Latest News from Nepal

अविरल वर्षासंगै जन धनको क्षेती निरन्तर

Top Aside Banner

तीन दिन देखिको अविरल वर्षा र पहिरोको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । प्रदेश नं २ देखि, बागमती, गण्डकी र प्रदेश नं १ र ५ मा बाढी, पहिरो, डुबान र कटानका कारण समस्या बढिरहेको गृहमन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार तीन दिन यता सात जानाले ज्यान गुमाएका छन भने ५० भन्दा बढी परिवार विस्थापित भएका छ्न । लगातार परेको झरिका कारण राजमार्ग आसपासका पहाडमा पैरो जादा राजमार्ग अवरुद्ध भइ आवागमन समेत ठप्प भएको छ । गत जेष्ठ ३० गते नेपालमा पसेको मनसुन पछि मुलुकभरमा आएको बाढी, पहिरो, डुबान र कटानका कारण अहिले सम्म ११८ जानाले ज्यान गुमाइ सकेका छन । त्यसैगरी ५२ जाना बेपत्ता छन भने ५५ जाना घाइते भएको गृहमन्त्रालयको आपतकालिन कार्य सन्चालन केन्द्रले जनाएको छ ।

अविर वर्षा शुरु भएसंगै कटान, डुबान र बाढिको उच्च जोखिममा रहेको तराईका प्रदेश २ र ५ का २३ जिल्लामा उच्च सतर्कताका साथ तयारी शुरु गरेको गृहमन्त्रालयको आपतकालीन केन्द्रले जनाए पनि २ नं प्रदेशको बारा, पर्सा र रौटहट लगाएतका जिल्ला हुँदै बग्ने साना र ठुला नदि खोलामा बाढी आउदा कटान र डुबानको समस्यामा, प्रभावित जिल्लाबासी रहिरहेका छन । बाराको पसाहा, बालगंगा, दुधौरा र लालबकैया नदिमा बाढी आउदा जितपुर सिमारा उपमाहानगरपालिका र कलैया उमनपाको अधिकांश वडाहरुका खेत र बस्ती डुबानमा रहेको स्थानीयको दुखेसो छ । पसाहा खोलामा सोमबार बाढी आउदा जितपुरसिमाराको १७ र १८ नं वडाका गाउहरु रामनगर, जैतापुर र बडहर्वाका केही बस्ती डुबेको र बाढिले कटान गर्दा खेतमा लगाइएको धान बगाएको कटान प्रभावित स्थानिएको दुखेसो रहेको छ ।

गत जेष्ठ ३० गते यता नेपालमा सक्रिय मनसुन अझै ४–५ दिन रहने जल तथा मौसम विभागले जनाएसंगै अबिरल पानी पर्ने र रोकिने क्रम जारी रहनाले सतर्क रहन आव्हान समेत गरेको छ । पानी पर्ने र रोकिने क्रम जारी रहदा असारको अन्तिम साता पानी पर्न रोकिएको थियो । कटान र डुबानलाई नियन्त्रण रोकथाम गर्न अनि जोखिम पहिल्याउन प्रसस्त समय भए पनि स्थानीय तहका पालिका र सम्बन्धित वडाहरुले कुनै चासो नदेखाएका कारण किसानले लगाएको सयौ हेक्टर जमिनको धान बगाएको हो भने पानीको उचित निकास गर्ने ठाउँ हुदा हुँदै पनि पालिका र वडाहरुको लापरबाही र जन उत्तरदायी नहुदा बाढी र डुबानको समस्या यहाका नगरिकले झेली रहेका हुन, झेली रहन्छन ।