Sajhedari Daily
Latest News from Nepal

दुई वटा मदिरा भटी र मदिरा नष्ट

पर्सा प्रहरीले बुधवार अवैध घरेलु मदिरा मदिरा बनाउने भटी नष्ट गरेको छ । प्रहरीले पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ बहुअर्वाभठ्ठा बस्ने प्रभु साह कलवारले अवैध रुपमा उत्पादन गर्ने दुई वटा घरेलु मदिरा भट्टी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मदिरा भटी र तयारी गरिएको २ सय लिटर र कच्चा पदार्थ ३५ सय लिटर नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी गराएका छन ।