काठमाडौं : नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा सर्वसम्मत रुपमा बैजुप्रसाद बाबरालाई चयन गरेको छ।
संघको पाँचौँ अधिवेशन तथा दशौँ वार्षिक साधारणसभाले दोस्रो कार्यकालका लागि अध्यक्षमा बाबरालाई चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र धिताल, महासचिवमा राजु गुरुङ, कोषाध्यक्षमा फूलसिंह क्षेत्री र सचिवमा अजय प्रजापति चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा हरि भण्डारी, किसान धनवत, सन्तोष लामिछाने, किसन साह, आदर्श पन्त र बासुदेव प्रसाईं चयन भएका हुन्।
मदिरा उद्योगको हकहित संरक्षण, नीतिगत स्पष्टता, उद्योगलाई कर तथा कानूनी दायरामा व्यवस्थित गर्दै सरकारले योगदानको कदर गर्ने वातावरण बनाउन सक्रिय भूमिका यस कार्यसमितिले खेल्ने अपेक्षा मदिरा उत्पादकहरुको छ।


