जनता सामाजबादी पार्टी बारागढीको बैठक सम्पन्न

साझेदारी दैनिक
597 पाठक संख्या

रबिन्द्र प्रसाद साह/
जनता सामाजबादी पार्टी बारागढी गाउँपालिकाको आन्तरिक बैठक तथा छलफल शुक्रवार सम्पन्न भएको छ।
कोरोना भाइरसको विषम परिस्थितिको बावजुद पनि शुक्रवार पार्टीको नियमित आन्तरिक बैठक बसि विभिन्न विषयवस्तुहरुमा छलफल गरिएको पार्टीले जनाएको छ ।

उक्त बैठक तथा छलफलमा पार्टीका केन्द्रिय नेता जितेन्द्र सिंह , केन्द्रिय नेता रामबाबु यादव, जिल्ला अध्यक्ष अजय पटेल, क्षेत्रीय अध्यक्ष कमलेश मण्डल, क्षेत्रीय अध्यक्ष असोक जैसवाल, बारागढी गाउँपालिकाकी उपमेयर लक्ष्मी राय लगायत पार्टी कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

उक्त बैठक तथा छलफलमा वर्तमान समयमा समुदाय तथा राष्ट्रले भोगिरहेका विभिन्न समस्याहरु तथा तीनको समाधानमा पार्टी र कार्यकर्ताहरुको भुमिका बारे छलफल गरिएको थियो।

वैठकमा विभिन्न समसामयिक विषयवस्तुमाथि पनि छलफल गरिएको पार्टीका क्षेत्रीय अध्यक्ष कमलेश मण्डलले जानकारी गराएका छन।

Leave a review

This will close in 0 seconds