देशको परिस्थिती बुझन अभियान सुरु गरिएको : पुर्ब सभामुख सापकोटा

रञ्जन यादव
392 पाठक संख्या

देशको परिस्थिती बुझनकोलागि जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको पुर्ब सभामुख तथा माओवादी केन्द्रका प्रबक्ता अग्नि सापकोटाले बताउँनुभएको छ ।

पर्साको बिरगंजमा (नेकपा माओवादी केन्द्र) प्रचार तथा प्रकाशन बिभाग मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा पुर्ब सभामुख सापकोटाले जनताको समस्या बुझन,जनताबाट सिक्न र जनताले चाहे अनुरुप परिवर्तन हुनकोलागि जनतासँग माओवादी कार्यक्रमको सुरुवात गरिएको बताए ।

बिचारमा बिकास गरियो भने मात्र पार्टी र राज्यमा परिवर्तन ल्याउँन सकिने बताए ।

आफु सभामुख भएको बेला जनतामाथि न्याय गरेको बताए । बिषम परिस्थितीमा पनि आफनो खुट्टा अलिकति पनि डगमगाउँन नदिई जनताको साथ उभियर संसद पुर्नस्थापना गर्नमा मदत गरेको जानकारी दिए ।

प्रेस सेन्टर नेपाल मधेश प्रदेशका ईन्चार्ज गोबिन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवकोटाले पाटीको मधेश प्रदेशको प्रचार तथा प्रकाशन बिभागको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

Leave a review

This will close in 0 seconds