देशले राम्रो सँग चिन्न नपाउँदैँ अस्ताएका छन् जीतपुरसिमराका अनमोल चम्किला तारा निबर्तमान नगर प्रमुख( मेयर) डा.कृष्ण पौडेल ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको निबर्तमान नगर प्रमुख डा.कृष्ण पौडेल बिहिबार आफनै घरमा मृत फेला पर्नुभएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित घरमा कोही नभएको समयमा पौडेल मृत फेला पर्नुभएको हो ।
घट्ना स्थालमा अहिले प्रहरी पुगेको छ ।डा. पौडेल नेकपा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट टिकट लिई उहाँ निर्वाचित हुनुभएको थियो ।
उहाँ हालमा नेकपा एमालेको मधेस प्रदेश सचिव हुनुहुन्थ्यो । सहकारीमा बिद्याबारिधि गर्नुभएका पौडेल सरल,सालिन र ईमान्दार ब्यक्तित्व हुनुहुन्थ्यो ।
डा.पौडेलको मृत्यु खबर बाहिर आएपछि उहाँको घरमा हेर्न जाने मानिसको घुईचो लागेको छ ।
यता पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पि. शर्मा ओलिले समाजिक सञ्जालमा एक स्टाटस लेख्दै दिवंगत डा. पौडेलप्रती भावपुर्ण श्रद्धान्जली अर्पण गर्नुभएको छ ।
उहाँले शोकाकुल परिवारजनमा गहिरो संबेदना ब्यक्त गर्नुभएको छ ।
को हुन् डा.पौडेल
जीतपुरसिमरा उपमहानगरको पूर्व मेयर डा. कृष्ण पौडेलको जन्म २०२९ सालमा भएको हो ।
रामप्रसाद पौडेल र विष्णुदेवी पौडेलको पहिलो सन्तानका रुपमा पौडेल मकवानपुरको न्युरेनी चिसापानीमा जन्मिएका हुन् ।
पाँच दाजुभाई र दुई दिदीबहिनीमध्ये जेठा पौडेलको अहिले स्थायी बसोबास जीतपुरसिमरा उपमहानगर १५ मा रहेको छ ।
नेकपा एमालेको राजनितिमा लामो समयदेखि सक्रिय उनी २०५८ सालदेखी जिल्ला सचिवालय सदस्य छन् ।
करिब १५ वर्ष पार्टीको जिल्ला प्रचार बिभाग सम्हालेका उनी प्ररायुसंघ, अनेस्ववियु हुदैँ पार्टीको राजनीतिमा सक्रिय भएका थिए ।
विभिन्न आन्दोलनको अगुवाई गर्ने उनी २०६२÷६३ आन्दोलनमा २४ दिनसम्म पक्राउ परेका थिए ।
सहकारी बिषयमा विद्यावारिधी,ब्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका पौडेलले जापान,सिंगापुर,बैंकक दक्षिण कोरिया,पाकिस्तान,श्रीलंका,मलेसिया,भारत जस्ता देशको भ्रमण गरेर अनुभव बटुलेका थिए ।
एक छोरा र एक छोरीका पिता डा.पौडेल डुमरवाना बहुमुखी क्याम्पसका पूर्व सञ्चालक अध्यक्ष समेत हुन्


