कृष्ण अष्ठमी र यसको महत्व

साझेदारी दैनिक
साझेदारी दैनिक 522 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

हिन्दुहरुले विशेष रुपमा मान्दै आएका एक साहसी अनि असत्यको विरुद्ध सत्यको जितको निम्ति लड्ने भगवानको रुपमा बासुदेव र देवकी पुत्र श्रीकृष्णलाई लिइन्छ । कृष्ण भाद्र अष्ठमीको दिन जन्म भएकोले आज अर्थात श्रावण २७ गते कृष्णको जन्म दिनको रुपमा देशै भरी मनाइन्छ। कृष्णको जन्म द्वापर युगमा हिन्दु पंन्चाङ अनुसार आजैको दिन मध्य रातमा आज भन्दा ५ हजार २४४ बर्ष पहिला मथुरामा भएको शास्त्रमा उल्लेख छ । हिन्दु धर्मावलम्बीहरुले आजैका दिन व्रत बसि श्रीकृष्णको पुजा आजा समेत गर्दछन।राजधानी काठमाण्डौ लगायत विभिन्न ठाउमा रहेको कृष्ण मन्दिरहरुमा बिशेष मेला लागि पुजा आजा हुने भए पनि यस बर्ष कोरोना महामारिका कारण ती क्षेत्रहरूमा मेला नलाग्ने भएको छ भने आस्थावान भक्तजनहरुले आ–आफ्नो घरमा बसि श्रीकृष्ण जन्माअष्ठमी मनाउन समेत सरकारले आग्रह गरेको छ।

द्वापर युगको अन्तिम अन्तिम बखत जब पृथ्वीमा खराब मानिसहरूले ,पापीहरुले आफ्नो प्रभुत्व बढाउनथाले पछी त्यहा लुटपाट,चोरी,डकैती,एक अर्कामा काटामार र हाहाकार हुन थाल्यो यो देखेर भगवान विष्णुले मानिसको रुप धारण गरि तत्कालिन राक्षेसी प्रबृतिका खराब तत्वलाई यो पृथ्वीबाट सर्वनास गरेको हिन्दु धर्मशास्त्रमा पढ्न पाइन्छ।तत्कालिन राक्षेसी प्रवृत्तिका राजा कंशले द्वापर युगमा मानिसलाई चरम शोषण र अत्याचार गरे पछि कंशलाई नास गर्न पृथ्वीमा श्रीकृष्णको जन्म भएको पनि पौराणिक इतिहासमा भेटिन्छ ।

हिन्दु धर्म शास्त्रका अनुसार अहिले चलिरहेको युग कलि युग हो।यो युगका मानिसहरु र विशेष तह शासकहरु राक्षेसी प्रवृत्तिका हुन्छन र त्यसलाई नास गर्न पनि भगवान कल्की अवतार धारण गरेर यस लोकमा आउनेछन भनी गितामा उल्लेख गरेको पाइन्छ जहा भनिएको छ “जब पृथ्वीमा धर्मको नास र हानी भैइ राक्षेसको बिगबिगी बड्दछ तब म मानिसको रुप लिएर राक्षसको नास गरि मानव धर्म पुनःस्थापनाको लागि म यस संसारमा अवतार लिने छु“ ।आज हामीले भोगिरहेको युग पनि राक्षसि युग हो र यो युगलाई सहि मार्गमा डो¥याउन अनि देखिएका राक्षसको सर्वनास गर्न कुन अवतारको रुपमा मानव आउने हुन प्रतीक्षा गरौ।

समाचार शेयर गर्नुहोस
Leave a review