-रमण धिमिरे
एकलौटी सम्राज्य जन्माउन
सुलेमानी चिहांन बनाउने
निर्जिब कोरोना तिमी ।
स्वर्ण युगको शान्ति प्रेमी
सगरमाथाको देशम जन्मिएको
स्वच्छ पहिचान बोकेको नेपाली म।
बिश्व मानब जगतमा अभिशाप बनेर
चिहांन सम्म पुर्याउने कोरोना तिमी ।
हिमाल्,पहाड्,तराई सँग बिदा माग्दै
डाँफे मुनाल उडे जस्तै उडेर जाउ तिमी ।
बिश्व जगतमा बुद्धत्व प्राप्त गरेको
पहिचान स्वाभिमान बोकेको नेपाली म ।
बिना कारण मृत्यु गराउने कोरोना तिमी
सम्राज्यजमाउन युद्ध सामाग्री नपठाउ
आफ्नो मौलिकपन रोज्ने नेपाली म
मानव रहित बिमानको घमन्ड पो होकि!
प्राकृतिक सम्पदा हत्त्याउन खोज्ने एम.सी.सी. तिमी
नेपाली पहिँचान बोकेको अन्तर्राष्ट्रिय सिपाही म ।
मृत्यु स्विकार्य छ; प्रबेश निषेध छ तिमीलाई
कैंयौं सन्धी नाजवाफ छन !
होशियार पुर्ण जवाफको खाँचो छ मलाई
हाम्रो देश स्वाधिन भएको हेर्नलाई।
कञ्चनजङ्घा हिमालसँग उभिएर
एउटै उत्तर छ सखी तिमीलाई
मेरो देश को पानी जडिबुटिबाट रसाउँछ ।
त्यसैले तिमी दुबै परास्त हुनेछौ
एउटा खुट्टाको साहरामा परेड नखेल तिमी
सुमधुर सम्बन्ध कायम रहोस अन्तकाल सम्म
स्वर्ण युगको स्वाभिमानी नेपाली म !