बाराको कलैया स्थित सोनारपट्टीबाट एक जना बालक हराएका छन ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ निवासी असलम देवानका ११ बर्षिय छोरा अशब देवान हराएका हुनरहेका छन् । उनी शनिबार देखि हराएका हुन्।
दाईसँगै डेरामा बस्दै आएका अशब अचानक हराएपछि घरमा रुवाबासी चलेको छ।
उनका १८ र १५ बर्षिय दाईहरु टिउसन पढन गएका अशबलाई छोडेर आफनो घर आएका थिए ।
प्रहरीमा बालक हराएको खबर गरिएपनि बालक अहिलेसम्म फेला पर्न सकेको छैन् । कहिँकतै कसैले बालक देखेको खण्डमा ९८१६२८५४४० र ९८११८३१९५३ मा खबर गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।


