मेयरद्धारा वडा अध्यक्षलाई कारवाही गर्न माग

रञ्जन यादव
229 पाठक संख्या

नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले सार्बजनिक सम्पत्तीको तोडफोड गर्ने र शान्ति,सुरक्षामा खल्ल पुरयाउँने प्रयास गर्ने वडा अध्यक्षलाई कारवाही माग गर्नुभएको छ ।

विहीवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख पाठकले सभाहलको सि.सि.टि.भि.क्यामरा तोडफोड गर्ने वडा नम्बर ६ का वडा अध्यक्ष नवलकिशोर प्रसाद साह कलवारलाई कारवाहीकोे माग गर्नुभएको हो ।

सि.सि.टि.भि. क्यामरामा रेकर्ड भएको दृश्यले उक्त सि.सि.टि.भि. क्यामरा बटार्ने र ढोका छेउको क्यामरा चुडाल्ने कार्य गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

वडा अध्यक्ष कलवार स्वतन्त्र रुपमा जितेका वडा अध्यक्ष हुन् । दोषी वडा अध्यक्षलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ अनुसार कारवाही गर्न नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई लेखि पठाउँने नगर प्रमुख पाठकले जानकारी दिए ।

कार्तिक २२ गते बिहान बोलाईएको कार्यपालिका बैठकमा वडा अध्यक्ष कलवारले बैठक सुरु हुनुभन्दा अगाडि नै देखाएको यस्तो गतिबिधिले बैठकमा केही घट्ना घटाउँने सोच उनको हुनुपर्ने तर्क गरे ।

केही दुर्घटना घट्नुभन्दा अगाडि नै मलाई पुर्ब जानकारी भएर म सतर्क भए नत्र के गर्ने सोच वडा अध्यक्ष कलवारले बनाएका थिए भगवान जानुन् नगर प्रमुख पाठकले भने ।

नगरपालिकाको सानो सभा हलमा राखिएको तीन थान सि.सि.टि.भि.क्यामरा तोडफोड भएको छ ।

वडा अध्यक्ष नवल किशोर प्रसाद साह कलवारले सि.सि.टि.भि. क्यामरा बटार्ने काम गरिरहँदा वडा नं.७ का वडा अध्यक्ष शंकर रायभर हलभित्रै रहेको देखिएको नगर प्रमुख गोकर्ण पाठकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउँदै जनप्रतिनिधिहरुको गरिमा माथि भएको प्रहारप्रती एक प्रेस बिज्ञप्ति निकाल्दै खेद प्रकट गरेका छन् ।

कार्यपालिका बैठकले पनि सि.सि.टि.भि.क्यामरामा क्षती पु¥याउँने दोषीलाई कानुनी कारवाही गर्ने निर्णय गरेको छ ।

Leave a review