मिटर ब्याजले पीडित बनेकाहरुले बिहीबार वीरगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।
मिटर ब्याज पीडित ऋणीहरुले वीरगञ्जमा साहुहरु विरुद्ध ¥याली निकाल्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले विरोध ¥याली लिएर जिल्ला प्रशासन पुगेका थिए ।
सिडियो कार्यालय अगाडी पुगेर कोण सभामा विरोध ¥याली परिणत भएको थियो ।
पर्सा बारासंगै मधेस प्रदेशका विभिन्न जिल्लाहरुबाट वीरगञ्ज आईपुगेका मिटर ब्याज पीडितहरुले ऐन बनेपनि न्याय नपाएको भन्दै विरोधमा उत्रिएका हुन् ।
¥यालीपछि सिडिओ कार्यालय अगाडि कोण सभा गर्दै मिटर ब्याज पीडितहरुले आपूmहरुको समस्या समाधान गर्नको लागि कानुन बनेपनि साहुहरुले विभिन्न वहाना गरेर दुख दिन नछाडेको बताएका थिए ।
कोण सभालाई सम्बोधन गर्दै मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति,नेपाल जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिवजी साहले पीडितहरु जहाँ गएपनि बिना घुसको काम नहुने गरेको आरोप लगाए ।
सर्लाहीका रामईश्वर ठाकुरले साहुहरुसित मिलेमतो गरी कर्मचारीहरुले मिटर ब्याज पीडितहरुलाई न्याय दिलाउनबाट रोकि राखेको बताए ।
सोझा साझा समाजका मानिसहरुलाई साहुहरुले एक लाख ऋण दिएर १० लाखको कागज गराएकोले त्यसको सत्य तथ्य छानविन गरी पीडकलाई कारवाही गर्नुपर्ने माग मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति बाराका अध्यक्ष सोहन शर्माले गरेका छन् ।
सरकारसंगै जिल्ला प्रशासनले पनि मिटर ब्याज पीडित ऋणीहरुलाई न्यायमा कन्जुस्याई गर्न नहुने भन्दै मिटर ब्याज पिडीत पर्सा पोखरिया नगरपालिकाका गोबद्र्धन यादवले जिकिर गरे ।उनले अन्यथा आपूmहरु थप आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
सरकारसंगै प्रहरी प्रशासन पनि मिटर ब्याज पिडीतहरुलाई न्याय दिलाउनमा ढिलाई गरिरहेकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको समितिका केन्द्रिय प्रबक्ता निरज नविनले आरोप लगाए ।
सरकारले देशैभरिका मिटर ब्याज पीडितहरुको समस्या समाधान गर्नको लागि कानुन नै बनाएको छ ।
जस अनुसार देशका सबै जिल्ला प्रशासन कार्यालयहरुमा अहिले दैनिक रुपमा मिटर ब्याज पीडितहरुको निबेदन माथि छलफल तथा कारवाही हुदै आएको छ ।पीडित भनिएकाहरुले अझै न्याय पाउन नसकिएको भन्दै बेला बेलामा विरोध गर्दै आएका छन् ।

