प्रशुरामपुरमा भयो एमालेको शुभकामना आदान प्रदान

साझेदारी दैनिक
429 पाठक संख्या

नेकपा एमाले सुबर्ण गाउँपालिका वडा नम्बर ६ को आयोजनामा बाराको प्रसुरामपुर बजारमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

पूर्वमन्त्री पौडेलले छठ पर्वको महत्व अझ बढ्दै गएको बताए । छठ पर्व सबै जातजाति,धर्म र समुदायले मान्दै आएको पर्व रहेको उनले बताए ।

नेकपा एमाले वृद्धवृद्धा र किसान मजदुरको पक्षमा काम गर्ने पार्टी भएको उनले बताृए ।

एमाले सरकारमा रहेका बेला राम्रो काम गरेका कारण सबै मिलेर एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको आरोप समेत उनले लगाए । घेराबन्दी तोडन एमाले र एमालेका कार्यकर्ता सक्षम र तयार रहेको उनले जनाए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु बलवीर चौधरी,एकबाल मिया,एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले बाराका सचिव अध्यान्द पाण्डे,एमाले नेता तथा संविधानसभाका सदस्य शिवचन्द्र कुशवाहा,श्री भगवान गिरी लगायतले सो अवसरमा शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा राकेस यादबको सजिकरण र सतपाल यादबको स्वागत थियो ।

Leave a review

This will close in 0 seconds