रौतहटको दुई पालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

साझेदारी दैनिक
449 पाठक संख्या

करनकुमार मिश्र/

बाराको छिमेकी जिल्ला रौतहटको दुई पालिकामा एकैदिन प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।

जिल्लाको देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका सन्देश यादव हाजिर भएका हुन् । यस्तै यमुनामाई गाउँपालिकाको अधिकृतको जिम्मेवारी दोस्रोपटक पुनः रामश्रेष्ठ यादवले पाएका छन् ।

देवाही गोनाही नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख प्रेमलाल साह कानुले स्वागत गरेका हुन् । उनले यादवलाई हाजिर गराएका हुन् ।

नगर प्रमुखसहित वडा अध्यक्ष जनप्रतिनिधि तथा बिषयगत शाखाका कर्मचारी बीच अधिकृत यादवलाई त्यहाँ स्वागत गरिएको हो ।

नगरप्रमुख कानुले जनप्रतिनिधी र कर्मचारी बीच गाढा सम्वन्ध हुनुपर्ने बताए । नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउदै सबैको सहकार्य सहमति र सेवा पहुँचलाई जनस्तरमा सहज तरिकाले पु¥याउनु पर्ने बताए । नगरपालिकाको समग्र विकास र समृद्ध नगरको रुपमा उत्कृष्ट बनाउन सबै मिलेर लाग्नु पर्ने उनले जनाए । यसमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका मुख्य हुने बताए ।

कार्यालयमा हाजिर भएपछि सो अवसरमा बोल्दै प्रशासकीय अधिकृत यादवले आफ्नो भूमिका सेवाग्राहीलाई सेवा दिनेमा रहने जनाए । उनले जनप्रतिनिधिसंग रामे सम्बन्ध बनाउदै सेवाग्राही लाई कसरी हुन्छ छिटो र छरितो तरिकाले सफल र सहज सेवा दिनु जरुरी रहेको बताए। उनले जति सक्दो प्रविधिलाई प्रयोग गर्न आवश्यक रहेको बताए । उनले सेवा सहज बनाउन सबै जनप्रतिनिधि र कर्मचारीलाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह पनि गरे ।

Leave a review